सानीमा लाइफ इन्स्योरेन्स इलाम द्वारा एकै दिन दुई जनाको मृत्यु दाबि भुक्तानी


इलाम : कोरोनाका कारण मृत्यु भएका एक तथा आत्महत्या गरेर मृत्यु भएका एकजनालाई मृत्यु दाबि भुक्तानी गरीएको छ । सानीमा लाइफ इन्स्योरेन्स कम्पनि इलाम शाखाले कोरानाले मृत्यु भएका इलाम नगरपालिकाका मनिषा तामाङ र आत्महत्या गरेका इलाम नगरपालिकाकै कपिल मल्लिको परिवारलाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

सदरमुकाममा मंगलबार एक कार्यक्रमको आयोजना गरी इन्स्योरेन्स शाखााले मृतकका परिवारलाई चेक हस्तान्तरण गरेको हो । सो शाखामा बीमा गरेको दुईबर्ष बित्न नपाई बीमितको मृत्यु भएको थियो ।

जसमा २ लाखको बीमा गरेका कपिल मल्लिकका श्रीमती रञ्जु डोमलाई ४२ हजार ६ सय ६६ रुपैंयाँ २० लाखको बीमा गर्नुभएका मनिषा तामाङका श्रीमान कुमार तामाङ्गलाई २० लाख ९० हजार रुपैंयाँको चेक हस्तान्तरण गरीएको थियो । उहाँहरुलाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवाले चेक प्रदान गर्नुभएको थियो । सो क्रममा बरालले मानिसको भौतिक शरिर नभएपनि यस बिमा बापत प्राप्त रकमले भौतिक क्षती कम गर्न नसकेपनि यसले परिवारको आर्थिक भार माथिको भार कम गर्न राहात मिल्ने बताउनुभयो ।

उहाँले पछिल्लो समयमा मानिसको बिमा प्रति केही नकरात्मक टिप्पणि गरीरहेको अवस्थामा सानीमा लाइफ इस्न्इुरेन्सले प्रदान गरेको यस दाबि भुक्तानी रकमले मानिसमा बीमा प्रति आकर्षण बढाउने बिश्वास ब्यक्त गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रम सानीमा लाइफ इन्स्योरेन्स कम्पनिका क्षेत्रीय शाखा प्रबन्धक दिपकराज ओलिको अध्यक्षतामा भएको थियो ।

यस इन्स्योरेन्समा हालसम्म पाँच हजार बढीले बिमा गरीसकेको बताइएको छ । यता कपिल मल्लिकको माघ ११ गते र मनिषा तामाङको साउन १६ गते मृत्यु भएको थियो । मल्लिकले आत्महत्या गरेका हुन् भने तामाङको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार