सिमसारा खोलामा आएको बाढीले एक बालिकाको ज्यान गयो

  नयाँ बुलन्द
847 Shares

साँकेतिक तस्वीर

इलाम : देउमाइ नगरपालिका-१,मैदाने स्थित सिमसारा खोलामा आएको बाढीले नौ वर्षिय एक बालिकाको ज्यान गएको छ ।
सोमबार परेको भीषण वर्षापछि आएको बाढीले स्थानीय खहरे खोलामा तर्ने क्रममा फलाँटे माद्यामिक विद्यालय फाकफोकथुम-६ मा कक्षा चारमा अध्ययनरत सागरिका राईको मृत्यु भएको हो ।
पढाई सकेर घर फर्कने क्रममा उनका भाइ र बहिनीलाई खोला तारेर आफू तर्न खोज्दा बाढीले बगाएर करिब दुई किलोमिटर तल मृत अवस्थामा फेला परेको स्थानीय प्रकाश राईले जानकारी दिए ।
उनका अनुसार दिउँसो दुई बजे विद्यार्थी बगाएको थाहा पाएपछि स्थानीय र एकतप्पा प्रहरी चौकीले लामो कसरत पश्चात् खोजेर भेट्टाएको उनले बताए । बालिकाको शव पोस्टमार्टमको लागि इलाका प्रहरी कार्यालय मंगलबारे लैजाने तयारी भएको जनाइएको छ ।
मृतक बालिकाका बुबा गाडी चालक छन् भने आमा वैदेशिक रोजगारमा छिन् । देउमाइ नगरपालिका-१,मैदाने मावली घर बस्दै आएका उनीहरुको बुबाआमाको नाम र ठेगाना खुल्न नसकेको जनाएको र थप विवरण आउँन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार