सिकाइ सहजीकरणमा मोबाइल एप्स प्रयोग सम्बन्धी ३ दिने अनलाइन तालिम सुरु

रोङ : “बालबालिकाहरू उत्सुक छन् हामी तत्पर छौं , प्रविधियुक्त कक्षाकोठा आजको आवश्यकता ” भन्ने नाराका साथ स्थापना भएको प्रविधिमैत्री शिक्षक समाज रोङ गाउँ कार्य समितिको आयोजना तथा जिल्ला प्राविधिक समिति इलामको सहयोगमा शिक्षण सिकाइ सहजीकरणमा मोबाइल एप्सको प्रयोग सम्बन्धी ३ दिने अनलाइन तालिम शनिबारबाट सुरु भएको छ ।

कोभिभका कारण शिक्षा क्षेत्रमा पुर्याएको क्षतिलाई प्रविधियुक्त तरिकाबाट सिकाइ सहजीकरण गर्न आवश्यक रहेकोले यससम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक भएको विशेष अतिथि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्रुतिकुमारी तामाङले बताए साथै यस्तो किसिमका तालिम गरेकोमा सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त पनि गरेका छन् । तालिम आगामी ११ गतेसम्म सञ्चालन हुनेछ । तालिममा करिब ३५० जना देशभरिका शिक्षकशिक्षिकाले सहभागी गरेका छन् ।

तालिमको दोस्रो दिन रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा रोङ गाउँ कार्य समितिका सल्लाहकार समितिका संयोजक प्रयास भट्टराई र तेस्रो दिन प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय अध्यक्ष तथा परिकल्पनाकार भुपति बश्याल प्रमुख अतिथि रहनेछन् । तालिमको पहिलो दिनको समापन गर्ने क्रममा सभापति तथा गाउँ कार्य समितिका अध्यक्ष भूपाल खड्काले गाउँ कार्य समितिले आगामी दिनमा पनि यस्ता प्रविधियुक्त कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने पनि बताएका छन् । मोबाइलबाट नै शिक्षण सिकाइ सहजीकरण गर्न सकिने किसिमका एप्लिकेसन सम्बन्धी तालिम रोङ गाउँ कार्य समितिले गठनपछि पहिलो पटक प्रदान गरेको हो ।

गाउँ कार्य समितिका अध्यक्ष भूपाल खड्का सभापति रहेको कार्यक्रमको उद्घाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भुनाथ थापा मगर प्रमुख अतिथि तथा शिक्षा युवा तथा खेलकुद शाखा रोङका प्रमुख श्रुतिकुमारी तामाङ विशेष अतिथि त्यस्तै प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय समितिका अध्यक्ष साथै अभिभावक तथा तालिम प्रशिक्षक भुपति बश्याल,धनश्याम अधिकारी, बालकुमार रेग्मी, माधव भट्टराई, भगिरथ पौडेल,खेमराज लिम्बू, रमेश पौडेल विशेष अतिथि रहेका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार