अलैँची व्यवसायी महासंघ इलाम अध्यक्षको कोरोनाका कारण निधन

  नयाँ बुलन्द
847 Shares

इलाम –  नेपाल अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष विजय खाकीको निधन भएको छ । कोरोना संक्रमणका कारण खाकीको गए राती ११ बजे निधन भएको हो ।

स–सस्त्र प्रहरी अस्पताल हलचाेक काठमाडौँमा उपचारको क्रममा खाकीको निधन भएको नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराइले बताए । झण्डै एक हप्ता अगाडी खाकीलाई उपचारका लागि काठमाडौँ लगिएको इलामका सन्तोष भक्तराजले जानकारी दिए ।

खाकी उद्योग वाणिज्य संघ इलामका पूर्व महासचिव पनि हुन् । सहयोगी, मिलनसार एवम् सामाजिक व्यत्तित्व खाकीको निधनबाट इलामले कुशल व्यवसायी गुमाएकाे छ । स्थापित व्यवसायी खाकी इलाम चाेक बजारमा पसल संचालक समेत थिए ।गोर्खा पोस्ट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार