इलाममा निषेधाज्ञामा कडाइ,औषधी पसल बाहेक सबै पसलहरु पूर्ण रुपमा बन्द रहने

  नयाँ बुलन्द  115 पटक हेरिएको

इलाम : पछिल्लो समय कोरोना संक्रमण दर बढन थालेपछि इलाममा निषेधाज्ञामा कडाइ गरिएको छ ।   प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले आइतबार एक आदेश जारी गर्दै इलाम सदरमुकामसहित जिल्लाका मुख्य बजारहरु  आगामी साउन १५ सम्मलाई  बन्द रहने जनाइएकाे छ । औषधी पसल बाहेक  जिल्लाका मुख्य बजारहरु इलाम, फिक्कल, हर्कटे, तीनघरे, चुरेघाँटी, विल्याँटे, पुवाखोला, मंगलबारे, नेपालटार, गाग्रेभन्ज्याङ, नवमी लगायतका सबै बजारका सबै पसलहरु पूर्ण रुपमा बन्द रहने जनाइएको छ ।  यस्तै तरकारी, खाद्यान्न र फलफूल पसलहरु विहान ११ बजेसम्म खुल्ला गरिएको छ ।

 उता इलाम बजार भित्रने सवारी साधनहरुलाई जिरो किलोमिटर र धोबिधारा रोक्न भनिएको छ भने अन्य बजारहरुमा पनि सवारी रोक्न, मानिस चढाउन र ओराल्न निषेध गरिएको आदेशमा उल्लेख गरिएकाे  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार