कांग्रेसका युवा नेता डम्बर खड्का द्वारा कोरोनाका बिरामीलाई निशुल्क यातायत सेवा

  नयाँ बुलन्द
2.4k Shares

इलाम : नेपाली कांग्रेसका युवा नेता तथा इलामका सक्रिय समाजसेवी डम्बर खड्काले कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमणका बिरामी र अन्य रोगका बिरामीहरुलाई अस्पताल, आईसोलेसन र घर ल्याउन र लैजान निशुल्क यातायत सेवा दिने भएका छन् । इलाम नगरपालिका सात स्थायी घर भएका खड्काले इलाम जिल्लाबासीहरु कोरोना भाइरस संक्रमित भएमा र अन्य रोगले बिरामी भएमा उक्त सेवामा पहिलो प्राथमिकता दिने बताएका छन् ।

खड्का भन्छन्,“ हामी सबैको पहुचमा एम्बुलेन्स पुग्दैन भनेर मैले यो काम गरेको हुँ । यो माहामारीमा धेरैले रोजगार गुमाउनुपरेको छ सबै संँग  पैसा हुदैन त्यसैले पनि बिरामी परेको अबस्थामा एम्बुलेन्स खर्चमात्र जेगिदा समेत बिरामी र उनको परिवारलाई ठुलो राहत हुने हुदा यो अभियानमा लागेको हुँ । ”

खड्का दुखी गरिबको सेवा गर्नपाउदाँ उत्यन्तै खुसी हुन्छन् । दोश्रो लहरको कोरोना भाइरस संक्रमण अबधिभर संक्रमित र अन्य रोगका बिरामीलाई निशुल्क आवतजावतको सेवा दिने खड्काका सहयोगी शिब कुमार थापाले जानकारी दिए । थापाका अनुसार यो सेवा जिल्लाभर दिइने छ । यदि कोही त्यस्ता संक्रमित र बिरामी भएमा समाजसेवी खड्कालाई र उनका सहयोगी थापालाई इलामबासीलेफोन सम्पर्क गरेर सेवा लिन सक्ने छन् ।

थापाको ९८१७९१७३०० र ९८४२६२७३३५ मा सम्पर्क सेवा गरेर निशुल्क सेवा लिन सकिने छ ।

गत सालको लकडाउनमा

कांग्रेसका युवा नेता खड्काले गत सालको लकडाउनमा पनि मजदुर र बिपन्न बर्ग समस्या परेको भन्दै इलाम बजार आसपासका क्षेत्रसहित जिल्लाका १० वटै स्थानीय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाइ २० हजार किलो ग्राम चामलसहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका थिए । नेपाली कांग्रेसका खेल्कुद बिभाग केन्द्रिय सदस्य तथा नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई बिगत लामो समय देखी सहयोग गर्दै आएका छन् ।

उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई समेत सहयोग गर्दै आएका छन् । यतिमात्र नभएर खड्काले जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मिक क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् भने बिभिन्न स्थानमा सडक निर्माण लगायतका काममा समेत सहयोग गर्दै आएका छन् । गरीब दुखिकै सेवा गरिरहेका खड्का राष्ट्रिय सम्मान बाट सम्मानित समेत भईसकेका छन । खड्का इलाममा सन्चालित चियाबारी एफएमका अध्यक्ष तथा सफल निर्माण ब्यवसायी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार