सिन्धुलीमा किरात धर्म लेखौं अभियानको अन्तरक्रिया

सिन्धुली : राष्ट्रिय जनगणना २०७८ मा धर्मको महलमा किरात धर्म लेखौ अभियान कार्यक्रमलाई सशक्त र प्रभावकारी रुपमा सञ्चालन गर्न सिन्धुलीमा अभियानका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

किरात धर्म लेखौं अभियानलाई देश व्यापी रुपमा सञ्चालन गर्न गठित किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिले विभिन्न जिल्लामा समन्वयन समिति गठन गर्ने र अन्तरक्रिया गर्ने शिलशिलामा सिन्धुलीमा बिहिबार किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिं थेगिमको अध्यक्षतामा सम्पन्न भएको हो ।

मरिण नगरपालिका ६ मा नेपाल माझी उत्थान संघका केन्द्रीय अध्यक्ष गोविन्द लाल माझी, साङदाङगेन वरुमसामा लिला माझी, माझी उथान संघकै सदस्य कृष्ण बहादुर माझी, कोषाध्यक्ष सिरिलाल माझी, राई दनवार समाज नेपालका इन्द्र जंगको उपस्थिति अन्तरक्रिया भएको थियो ।
यस्तै किरात धार्मिक संघ संस्था
का प्रतिनिधिहरु महासमितिका उपाध्यक्ष कमला तुम्बापो, आर्थिक संयोजक प्रकाश सावादेन, सचिव काजीमान लिङदेन, सुनुगेन थक्सुबाका मनकुमार थेगिम, साक्थिम्गेनका केन्द्रीय सदस्य अनिस लाओती, संघका राष्ट्रिय समितिका इन्द्रकुमार सेर्मा सामाजिक संघ संगठनहरुका प्रतिनिधि र किरात धर्मावलम्बीहरुको भेलाले किरात धर्म लेखौं अभियानको छलफल भएको महासमितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार