प्राथमिक स्वाथ्य केन्द्रलाई प्लास्टिकको कुर्सी र वाटर डिस्पेनसर हस्तान्तरण

इलाम : इलामको माईजोगमाई ६ प्याङका सन्चरानी थेबेको सम्झनामा परिवारले प्राथमिक स्वाथ्य केन्द्र प्याङलाई ६ थान प्लास्टिकको कुर्सी र १ थान वाटर डिस्पेनसर हस्तान्तरण गरेका छन् ।

माईजोगमाई ६ प्याङका वडा अध्यक्ष भवानीप्रसाद लिङदमलाई सो सामग्री हस्तान्तरण गरेको हो  । प्रथमिक स्वाथ्य केन्द्रमा सेवा ग्राहीहरुलाई थोरै भएपनि सेवा पुगोस् भन्नको लागि सेवा गरेको परिवारले जनाएको छ ।

सन्चरानी थेबेको यहि माघ ८ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार