इलामका कांग्रेस नेता डम्बर खड्काको सहयोगमा लक्ष्मीपुरमा बन्यो फराकिलो सडक

इलाम : इलाम भूगोलको हिसाबले पहाडी जिल्ला हो । नेपालको पुर्बी पहाडी भागमा अवस्थित इलाम प्राकृतिरुपमा समेत भरिपूर्ण भएकाले पर्यटनको ठूलो सम्भावना बोकेको जिल्लाको रुपमा समेत परिचित छ ।
छिनभरमा नै हुस्सु लाग्ने अनि एक्कै छिनमा हप्प गर्मीमहसुस गराउने घाम लाग्ने इलाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा समेत पर्ने गरेको छ ।

यतिमात्र होइन प्राकृतिक सुन्दरता त छ्दै छ इलाम बिकासका हिसाबमा पनि अब्बल जिल्लाका रुपमा आफ्नो स्थान स्थापित गर्न प्रयासरत छ ।

तर जिल्लाला केही क्षेत्रमा सडक निर्माण दुर्तगतिमा अघि बढे पनि दीर्घकालीन रुपको बिकास निर्माणलाई बेवास्ता गर्दा सडक सुविधा अझै प्रभावकारी बन्न सकेको छैन ।

यस्कै ज्वलन्त उदाहरण हो जिल्लाको पर्यटकिय नगरिको रुपमा परिचित सुर्योदय नगरपालिका वडा नं १३ लक्ष्मीपुरको पोखरी बजारदेखि इलाम नगरपालिका–१० रामचोक जोड्ने सडक । यो सडक स्थानीयकै पहलमा एक दशक अघि नै एक गाउँ बाट अर्को गाउँ जोडिएको थियो तर साँघुरो सडक भएकाले स्थानीयवासीले हिउँदमा सहज रुपमा यात्रा गरेपनी बर्खामा भने बर्सेनि सास्ती खेप्दै आएका थिए । उक्त सडकमा मोटरसाइकल र पिकअप मुस्किलले चल्ने गरेको थियो। मेची राजमार्गबाट नजिक भए पनि स्थानीयले छोटो दुरिमा नै कस्टकर यात्रा गर्ने बाध्य थिए ।

नेकपाका बरिस्ठ नेता झलनाथ खनाल यही क्षेत्रबाट पटक पटक चुनाव जितेर देशको प्रधानमन्त्रीसमेत भइसकेका छन् । तर, कहिल्यै पनि उनले आफ्नो निर्वाचन क्षेत्रका जनताको पीडा नबुझेको स्थानीय ठविराज ढुंगानाले बताए ।

उनले स्थानीय सरकार आएको यतिका समय बितेपनी यो सडक निर्माणमा स्थानिय सरकारको नजर नपुगेको बताए ।

कसरी फराकिलो बन्यो सडक ?

केही दिनअघि मात्र नेपाली कांग्रेस इलामका युवा नेता डम्बर खड्का लक्ष्मीपुर टोलमा आयोजित एक कार्यक्रममा सहभागी भएका बेला सम्पूर्ण टोलबासीले उक्त सडकको स्तरोन्नतिका लागि आग्रह गरेका थिए ।

स्थानीयको आग्रहलगत्तै कांग्रेस युवा नेता खड्काले सडक निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बचनबद्धता जनाएका थिए ।

स्थानियको गुनासोलाई सम्बोधन गर्ने खड्काले सडक निर्माणका लागि मेसिन उपलब्ध गराएका हुन । स्थानीयबासी मिलेर करिब नौ सय लिटर इन्धन जम्मा गरि स्काभेटर कांग्रेस नेता खड्काले निःशुल्क उपलब्ध गराएपछि १६ सय पचास मिटर लम्बाई र ६ मिटर चौडाइ भएको सडक निर्माण सम्पन्न भएको छ ।

यो सडक निर्माण भएपछी गाउँका बासिन्दामा खुशी छाएको ढुंगानाले नयाँ बुलन्दलाई जानकारी दिए । पोखरीबाट लक्ष्मीपुर टोलको अन्तिम गन्तब्य फलैँचासम्म बाटोको स्तरोन्नति भएपछि अब झापाको बिर्तामोडसम्म आफ्नै घरबाट यातायातका साधन चडेर जान मात्र सहज भएको छैन स्थानीय उत्पादन सागसब्जिले समेत राम्रो मुल्यमा बजार पाउन थालेको अर्का स्थानीय प्रभुनाथ पौडयालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार