प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताउनुभएको छ । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको बताउनुभयो ।

संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उहाँको भनाई छ ।

आफुले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताउनुभयो ।

शारीरीक रुपले अशक्त, असक्षमहरुका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता गर्नुभयो ।

उहाँले अहिले बालबालिकाहरु सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । सडकमा आउने बालबालिकाहरुलाई अभिभावकको भुमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभुति सरकारले गराउने पनि उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले शारिरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेश नखान आग्रह गर्नुभयो । देश विकासमा शारिरिक रुपमा अपाङ्गता भएकाहरुले पनि योगदान दिनसक्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार