भारतीय ‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  नयाँ बुलन्द  324 पटक हेरिएको

भारतीय ‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ ।

बुधबार काठमाडौं उत्रिएका रअ प्रमुख प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर भेट भएको पुष्टि गरेका हुन ।

भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उल्लेख गरेका छन् ।

प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको हो ।उनीहरूलाई लिएर आएको भारतीय एयरफोर्सको जहाज अपराह्न १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

भारतीय ‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार