शिक्षा पत्रकार समूह प्रदेश १ घोषणा, संयोजकमा खनाल

इलाम : शिक्षा पत्रकार समूह प्रदेश १ को प्रदेश समन्वय समिति घोषणा भएको छ । झापाकी पत्रकार राधा खनालको संयोजकत्वमा ९ सदस्यीय प्रदेश समन्वय समिति घोषणा भएको हो ।

सोमबार भर्चुअल अन्तरक्रिया कार्यक्रम गरी प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा समन्वय समिति घोषणा भएको हो ।

सदस्यहरुमा कुमार लुइँटेल (बाह्रखरी डट कम, विराटनगर), सुमन सुस्केरा (उज्यालो रेडियो नेटवर्क, विराटनगर) प्रकाश तिमिल्सिना (संचारलय डटकम, इटहरी)  राम योङहाङ (नयाँ बुलन्द डटकम, इलाम), बन्दना दनुवार (रेडियो उदयपुर, उदयपुर), प्रदिपचन्द्र राई (अन्नपूर्ण पोष्ट दैनिक, भोजपुर), उपेन्द्र येक्तेन खाम्सा (इगल एफएम, पाँचथर) र सुम्निमा चाम्लिङ (कान्तिपुर दैनिक, धरान) रहेका छन् ।

यसअघि गत २२ साउनमा शिक्षा पत्रकार समूह केन्द्रीय समितिले प्रादेशिक तहमा सांगठनिक संरचना विस्तार गर्ने उद्देश्यले सातवटै प्रदेशमा संयोजकहरू तोकेको थियो ।

शिक्षा क्षेत्रको समन्वयकारी भूमिका निर्वाह गर्ने उद्देश्यले दुई दशकअघि शिक्षा पत्रकार समूह केन्द्रीय समिति घोषणा गरेको थियो ।

यस्तै ‘प्रदेश १ मा विद्यालय संचालनको अभ्यास र सम्भावना’ विषयक संवाद कार्यक्रम गरिएको छ । शिक्षा पत्रकार समूह प्रदेश १ को आयोजनामा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री घिमिरेसहित विभिन्न स्थानीय तहका उपप्रमुख, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखाका प्रमुख, शिक्षक संघसंगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेललगायत विभिन्न पत्रकारहरुको सहभागिता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार