नेकपाका माङसेबुङ प्रमुख कांग्रेस प्रवेश !

माङसेबुङ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका माङसेबुङ गाउँपालिका प्रमुख शान्तियल मगर नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

सोमबार एक प्रेस वक्तव्य जारी गरी मगरले आफ्नो पार्टीको प्रमुख र साधारण सदस्य समते नरहने गरी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा रहेर आफ्नो भूमिका अगाडि बढाउने घोषणा गरेका छन् ।

मगरले आफूविरुद्ध राज्यले विभिन्न मुद्धा लगाएर कष्टकर जीवन विताउन बाध्य हुँदा पनि पार्टीले कुनै पहल नगरेको र पार्टीले लिएको नीति, सिद्धान्त र योजनाले समाज परिवर्तन नहुने भन्दै पार्टी परित्याग गरेका हुन् ।

माङसेबुङ गाउँपालिका ४ निवासी मगर विगत ५/६ महिनादेखि प्रतिबन्धित पार्टीमा रहेकै कारण विभिन्न मुद्धामा जेल जीवन बिताउन बाध्य थिए । नेपाली कांग्रसेको विशेष पहलमा नेकपा परित्याग गर्नसाथ उनी धरौटी रकम जम्मा गरेर जेलबाट मुक्त भएको नेपाली कांग्रेस इलामका स्थायी आमन्त्रित सदस्य डम्बर लोरिन्देनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार