तेह्रथुम,
लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगितामा उत्साहजनक सहभागिता रहन थालेको छ ।
लोपउन्मुख रुपमा रहेको लिम्बु जातीको कला ख्यालीको पुर्नजागरण गर्ने अभिप्रायले सिसेक्वा तङनाम अर्थात साउने सक्रान्तीको अवशर पारेर सुरु गरिएको प्रतियोगितामा हालसम्म पाँच दर्जन बढिले नाम टिपाईसकेको र हालसम्म दुई दर्जनको ख्याली समावेश गरिसकीएको आयोजक समितीका संयोजक टीआर सेनेहाङले बताउनुभयो । उहाका अनुसार प्रतियोगीहरुको ‘ख्याली’ भिडियो कन्चनजंघा अनलाईको फेसबुक पेज र गाँउबेशी युट्युब च्यानलमा अप्लोड गर्न गरिदै आएको छ ।
ख्याली प्रतियोगितामा गैर लिम्बु देखी लिएर ९ बर्षिय वालिकाले समेत सहभागिता जनाउनुभएको प्रतियोगिताका व्यावस्थापक होम पारघरीले बताउनुभयो । ख्याली प्रतियोगिताको बिजेतालाई प्रथम,द्धितिय,तृतिय र सान्त्वनालाई क्रमशः ३० हजार,२० हजार,१० हजार र ५÷५ हजार प्रदान गरिने आयोजकले तयारी गरेपनि पुरस्कारको राशी वृद्धी गर्न सरोकारवालाहरुले सुझाव दिएकाले पुरस्कारको राशी बढाउने तयारी रहेको आयोजक समितीका सह–संयोजक प्रकाश पाक्साँवाले जानकारी दिनुभयो ।
ख्याली प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बिच तेह्रथुमको चोःलुङ पार्कमा चासोक तङनामको अवशरमा समापन हुने अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ का संरक्षक टेकराज तिगेलाले बताउनुभो ।