पाँचथरको माझीटारबाट प्रेस यूनियनको ९ बुद्धे घोषणापत्र जारी

  नयाँ बुलन्द
0 Shares


इलााम : पूर्वी पहाडी चार जिल्लाका प्रेस यूनियन यूनियन सम्वद्ध बृहत पत्रकारहरुहको भेलाले घोषणा पत्र जारी गरेको छ ।

गत माग १२ गते पाँचथरको माझीटारमा भएको  पाँचथर,तेह्रथुम,इलाम र ताप्लेजुङको प्रेस यूनियन आवद्ध पत्रकारहरुको भेलाले पत्रकारहरुको हकहितको पक्षमा ९ बुद्धे घोषणापत्र जारी गरेको हो ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने गरी ल्याइएको सम्पूर्ण कानुन फिर्ता गर्नुपर्ने,यस क्षेत्रका पत्रकारले समाचार संकलन,रिपोटिङका क्रममा असुरक्षित हुने गरेको महशुस गर्दे यस क्षेत्रका पत्रकारहरुको सुरक्षा प्रत्याभूति गर्न सरकारसँग माग गरिएको छ ।

यस क्षेत्रका पत्रकारहरुलाई पेशामा आकर्षित गर्न र टिकाइराख्न प्रोत्साहन मूलक कार्यक्रम र पुरुस्कारको स्थापना गर्ने घोषणा गरिएको छ ।

यस्तै आगामी चैत्र २१ र २२ गते नेपालगन्जमा हुने प्रेस यूनियनको नवौ महाधिवेशन तथा अव गठन हुने प्रदेश समितीको अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सशक्त भूमिका निर्वाह गर्न जिल्ला शाखाहरुले आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ ।

यो भेला पूर्वी नेपालका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार गर्दे भिजिट नेपाल २०२० लाई सफल र प्रभावकारी बनाउन भूमिका खेल्ने निर्णय गरिएको छ । पाँचथर अध्यक्ष भिम कुमार बास्कोटाको अध्यक्षतामा सम्पन्न  भेलामा ४ जिल्लाका १०० बडीको उपस्थिति रहेकोे थियो । भेलाको आयोजना  नेपाल प्रेस यूनियन पाँचथर शाखाले गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार