निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा


इलाम : नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय आव्हान अनुरुप इलाममा पनि नेपाल निर्माण व्यवसायी संघ इलाम शाखाले पनि मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरेको छ ।

सार्वजनिक खरिद (आठौं संसोधन) नियमावली, २०७६मा व्यवस्था भएको म्याद थप र बैंक क्रेडिट लाईन लगायत सार्वजनिक खरिद ऐन समेतका केही बुँदाहरु संसोधनका लागि दबाब स्वरुप धर्ना कार्यक्रम गरिएको इलाम शाखाका अध्यक्ष सुवास चिपालुले बताएका छन् ।

उनका अनुसार ७७ जिल्लामा मंसिर १० गतेदेखि ७ दिन सम्म जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिने र सो पश्चात माग सुनुवाई नभएमा केन्द्रिय समितिको निणर्य अनुसार थप आन्दोलनको घोषणा हुनेछ ।

इलाममा आयोजित धर्ना कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा संघमा आवद्ध व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार