लभ्ली फूटबल प्रतियोगिता : रेड डेविल्स र लभ्ली विजयी

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगितामा आइतबार दुई खेल सम्पन्न भएका छन् ।

आइतबार पहिलो चरणको अन्तिम र दोश्रो चरणण्को पहिलो चरणको खेलहरु भएका हुन् ।

पहिलो चरणको अन्तिम खेलमा फिक्कल अनुपस्थित भएपछि रेड डेविल्स नयाँबजार स्वत विजयी भएको हो ।

दोश्रो चरणको पहिलो खेलमा भने आयोजक लभ्ली यूवा क्लब जोगमाईले क्रोकाडाइल सालामाण्डर जोगमाईलाई ३-१ गोल अन्तरले पछि पार्दै अघिल्लो चरणका लागि आफ्नो स्थान सुरक्षित गरेको छ ।

आयोजक लभ्ली यूवा क्लबका लागि पासाङ्ग तामाङ, भाइचुङ सुव्वा र सौगात राईले गोल गर्दा क्रोकाडाइलका लागि सञ्जिव राईले सान्तवना गोल मात्र फर्काउन भ्याए ।

प्रतियोगिता अन्तर्गत सोमबार दोश्रो चरणका तीन खेल हुने छ । पहिलो खेलमा डायनामिक फूटबल रुङसुङले प्रेमेजुङ्ग फूटबल क्लबको सामना गर्ने छ ।

दोश्रो खेलमा अमर कल्याण मावि र तेश्रो खेलमा युनाइटेड फूटबल क्लब आहाले र बरबोटे स्पोर्टिङ्ग क्लब फिक्कल आमनेसामने हुने आयोजक समितिका उपाध्यक्ष तथा प्रचार प्रसार समितिका प्रमुख प्रदिप खँड्काले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ ।

लभ्ली युवा क्लब जोगमाइको आयोजनामा शारदा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी १६ कार्तिकमा सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार