लभ्ली फूटबल प्रतियोगिता : आरआरसी र ब्राइटर विजयी

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका २ जोगमाईमा जारी दोश्रो संस्करणको लभ्ली फूटबल प्रतियोगितामा शनिबार आरआरसी प्याङ्ग र ब्राइटर फूटबल क्लब गोर्खे विजयी भएका छन् ।

शनिबारको पहिलो खेलमा पान्धाम स्पोर्टिङ्ग कल्ब फिक्कल अनुस्थित भएपछि आरआरसी प्याङ्ग स्वतः विजयी भएको हो । दोश्रो खेलमा ब्राइटर फूटबल क्लब गोर्खेले आइएफसी प्याङ्गलाई ३—० गोल अन्तरले पराजित गरेको हो । ब्राइटरको जितका लागि टीका लिम्बू, मुस्कान लिम्बू र सौगात लिम्बूले गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुने छ । आइतबार पहिलो चरणको अन्तिम खेलमा रेड डेविल्स नयाँबजार र जनता सेभेन ‘बी’ आमनेसामने हुने छन भने दोश्रो चरणको पहिलो खेलमा आयोजक लभ्ली यूवा क्लब जोगमाई र क्रोकोडाइल सालामाण्डर जोगमाई मैदान उत्रिने आयोजक समितिका उपाध्यक्ष तथा प्रचार प्रसार समितिका प्रमुख प्रदिप खँड्काले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ ।

लभ्ली युवा क्लब जोगमाइको आयोजनामा शारदा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी १६ कार्तिकमा सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार