उपाधिका लागि देउराली र पुवामझुवा भिड्ने

  विविसी हाङखिम  68 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगिताको उपाधिका लागि  देउराली र पुवामझुवा भिड्ने भएका छन ।

सोमबार सम्पन्न सेमिफाइनलमा आफ्ना प्रतिष्पर्धी टिमलाई पराजित गर्दै देउराली र पुवामझुवाले फाइनलको यात्रा तय गरेको हो ।

श्याम्बल माबिको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा टोड्के झरना स्पोर्टिङ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै देउराली स्पोर्टिङ क्लबले फाइनलको यात्रा पक्का गरेको हो। दोस्रो तथा अन्तिम सेमिफाइनलमा गिताङ फूटबल क्लब विरुद्ध ४-० गोलको सहज जित निकाल्दै पुवामझुवा स्पोर्टिङ क्लब फाइनल प्रवेश गर्यो ।
उपाधिका लागि आज (मंगलबार) दिउँसो फाइनल हुदैछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन ।
हिन्दुहरुको महान चाड बडादशैको अवसरमा छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा ३२ टिमले सहभगिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार