दशैमा भ्रष्टाचार विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीको अभियान

धरान : हिन्दुहरुको चाड दशैमा शक्तिपिठमा पुजा गर्न आउनेलाई भ्रष्टाचार विरुद्धको जनचेतना बारे राष्ट्रिय जनमुक्ति पार्टीले पर्चा बितरण अभियान थालेको छ ।

पार्टीले धरानको दन्तकाली मन्दिर बुढासुब्बा मन्दिरमा आउने भक्तजनलाई लक्षित गरेर बिहानैदेखी भ्रष्टाचार बिरुद्धको पर्चा बितरण गरिएको कुरा राष्ट्रिय जनमुक्ति पार्टी धरान नगर अध्यक्ष चित्रराज थापामगरले जानकारी दिए।उनले शनिबारदेखि तीन दिनसम्म पर्चा बितरण गर्नुक साथै भ्रष्टाचारबारे सुझाब तथा प्रतिक्रिया संकलन गरिरहेको जनताए ।

जनमुक्ति पार्टीले भ्रष्टाचार विरुद्धको पहिलो चरणको कार्यक्रम यहि २०७६ जेठदेखि देशको ७ वटा प्रदेशबाट हस्ताक्षर संकलन गरिदै आएको छ । यो क्रम आगामी मंसिर २३ गतेसम्म जारिरहने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपि पालुङ्बाले मंसिर २३ गते बिश्व भ्रष्टाचार बिरुद्ध दिवस परेकोले दोस्रो चरणको आन्दोलन पनि सोही दिन घोषणा गरिने बताए ।

आफ्नो पार्टी ले भ्रष्टाचार विरुद्धको टिम भित्री रुपमा खटाईसकेको जनाउदै त्यस बारे बाहिर ल्याउने बताए । नेपालमा समृद्धिको नारा चर्को गर्ने तर बिदेशिको ठुला नेता आउदा मात्र समृद्धि हुन्छ भन्ने सोचाई रहेको बताए ।

बिदेशी ठुला नेता आउदा थाल थाप्ने गलत प्रवृत्ति भएको भन्दै भ्रष्टाचार निर्मुल नभएको अवस्थामा बाहिरी अनुदानले मात्र समृद्धि नहुने बताए। अध्यक्ष पालुङ्बाले भ्रष्टाचारी निर्मुल र सम्पत्ति छानबिन गर्न हो भने त्यहिबाट समृद्धि हुने बताए ।

हाल नेपालमा ३१ प्रतिशत मात्र लगानी गर्ने बाकी सबै भ्रष्टाचार भएकोले त्यस्को निर्मुल गर्नुपर्ने बताए । उनले सोमालियाको उदाहरण दिदै सोमालियामा ८८ प्रतिशत भ्रष्टाचार भएकोले नै समृद्धि नभै गरिबिको रेखामुनि पुगेको बताए । नेपालमा पनि ६९ प्रतिशत भ्रष्टाचार भएको ३१ प्रतिशत मात्र बिकास निर्माणमा खर्छ भएकोले सोमालियाको हालत हुने चेतावनी दिए।

१. राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारीलाई देशद्रोही सरहको अपराध घोषणा गरि कठोर दण्ड सजायको कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने व्यावस्था हुनुपर्छ ।

२. भ्रष्टाचार सम्बन्धी मुद्दाको छिटो छरितो ढंगले टुंगो लगाउने संपुर्ण अधिकार सहित स्वायत्त प्रकृतिको बिशेष अदालतको ब्याबस्था गरिनुपर्ने।

३. पन्चायत शासनकालदेखी हालसम्मको भ्रष्टाचार प्रकरण र उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ति बारे स्वतन्त्र ढंगले छानबिनका लागि शक्तिशाली नागरिक छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै अगाडि बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार