फिदिममा सहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’ को १३ औं स्मृतिसभा

पाँचथर : लिम्बुवानी आधुनिक सहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’ को १३ औं स्मृति सभा सम्पन्न भएको छ ।

सोमबार सम्पन्न संघीय लिम्बुवान मञ्च, नेपाल पाँचथरको आयोजनामा भएको स्मृतिसभामा जिल्ला अध्यक्ष सागर केरुङ, उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, सचिव मधुराज केरुङ, सचिवालय सदस्य डिआर हाङ्सरुम्बा, संघीय युवा मञ्चका जिल्ला अध्यक्ष प्रदीप केरुङ, सचिव रामचन्द्र नेम्बाङ, समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य मनकुमार आङ्देम्बे, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय सचिवालय सदस्य दिवस आङ्बो, याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय कोषाध्यक्ष बबिता फोम्बो, किरात याक्थुङ चुम्लुङ लिसापका केन्द्रीय सचीव बुद्धराज इङ्वा लिम्बू, हाक्पारे पालाम सयङ्का उपाध्यक्ष लक्ष्मी योङ्हाङ, लिम्बू पत्रकार संघका केन्द्रीय सदस्य उपेन्द्र एक्तेन, बरदान संगीतालयका म्युजिक डाइरेक्टर नोगेन हाङ्सरुम्बा लगायतले शोक बक्तब्य राखेका थिए ।

लिम्बुवान आन्दोलन र लिम्बुवानी आधुनिक सहिद माङ्तोकबारे चर्चा गर्दै अध्यक्ष केरुङ्ले भने ‘अहिलेको शासकहरुले माङ्तोकको बलिदानलाइ रक्तदान सम्झिरहेका छन ।’

लिम्बुवान आन्दोलनको क्रममा राजकुमार आङ्देम्बे ‘माङ्तोक’ लाइ २०६४ साल असोज २० गते झापा केर्खामा राज्यद्वारा हत्या गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार