लिम्बु विद्यार्थी मञ्‍चको महाधिवेशन तयारी पूरा

ताप्लेजुङ : लिम्बु विद्यार्थी मञ्चको ९ औ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरी आयोजक समितिले जनाएको छ । असोज १२ गते देखि सुरू हुने मञ्चको महाधिवेशन सफल पार्नका लागि अधिकांश आयोजक समितिका सदस्यहरू ताप्लेजुङ आइसकेका छन् ।

मञ्चको ९औं औ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाएको छ । उद्घाटन समारोहमा किरात याक्थुङ चुम्लुङ, प्रतिनिधि सभा तथा प्रदेश सभाका लिम्बु सभासदहरू लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थित हुने भएका छन् ।

जिल्ला शाखाहरूबाट महाधिवेशनमा सहभागिहरू प्रतिनिधि तथा पर्यवेक्षकहरू ११ गते शनिबार बेलुका सम्ममा सबै जिल्लाहरूबाट कार्यक्रम स्थल आइसक्ने मञ्चका महासचिव उत्सव सङबाङफेले बताए । उनले भने –‘हामी अधिवेशनको सबै तयारीको अन्तिम समयमा छौ । सबै जिल्ला शाखाहरूबाट गरी करिब ४ सय प्रतिनिधि सहभागी हुनेछ । महाधिवेशन सफल बनाउनका लागि सबै संघ संस्था, वुद्धिजिवि, राजनीतिककर्मी, तुतुहाङ तुम्याहाङ, उद्योगी व्यवसायी, पत्रकार लगायत सबैसँग अधिवेशन सफल बनाउन सहयोगका लागि अनुरोध गर्दछु ।’

‘मातृभाषामा व्यवहारीक शिक्षा हाम्रो अभियान, संघीय लोकतान्त्रि गणतन्त्र नेपालमा स्वायत्त लिम्वुवान’ भन्ने मुल नाराका साथ मञ्चको ९ औं राष्ट्रिय महाधिवेशन असोज १२ गते देखी १४ गतेसम्म लिम्बुवानको ताप्लेजुङमा सम्पन्न हुदैछ ।

महाधिवेशन विरेन्द्र चोकको सामुदायिक भवनमा हुने जनाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार