इटहरी १८ बालमैत्री वडा घोषणा

  नयाँ बुलन्द
0 Shares

इटहरी : इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ ।

कृर्ष तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले एक समारोहका विच वालमैत्री वडा घोषणा गरे ।

वडा नम्वर १८ वालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो । घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले वालवालिकालाई अघि वढाउन नसके समाज अघि वढन नसक्ने बताए ।

१८ नम्वर वडा इटहरीकै पहिलो वालमैत्री वडा भएकोमा उनले वधाई ज्ञापन गरे । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८ वाट सुरु भएको वालमैत्री घोषणा अभियानलाई सवै वडामा पुर्याएर वालमैत्री उपमहानगर घोषणा गरिने बताए ।

सामाजिक विकास तथा स्वास्थ्यमहाशाखा प्रमुख भोजकला दवाडीले वालवालिकाका लागि गरिएको लगानीले सुनौलो विहानी ल्याउने बताए । वडानम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर वालमैत्री वडा घोषणा गरिएको जानकारी दिए ।

घोषणा गरेर मात्र नभई कार्यावन्यनका लागि लागि पर्ने उनको प्रतिवद्धता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार