प्रचण्डको प्रश्नः हामी छाला जोगाउनतिर त लागेका छैनौं ?

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको नेतृत्वको छाला जोगाउनतिर लागेको त होइन भन्ने प्रश्न उठाएका छन् ।

मदन भण्डारी स्मृति दिवसको अवसरमा प्रचण्डले मदन भण्डारी हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठूला घटनाको कारण पत्ता लगाउन नसकिएको बताए । आफू पहिलो पटक प्रधानमन्त्री भएपछि नारायणहिटीमा उभिएर दरबार हत्याकाण्डको यथार्थ पत्ता लगाइछाड्छौं भनेको तर, अहिलेसम्म नसकिएको भन्दै उनले भने, ‘आखिर के ले दिँदैन ? जनताले नदिएको पक्कै होइन । सरकारमा हामी नै छौं तर, यस्तै भएको हो भन्नसक्ने ठाउँमा पनि छैनौं ।’

बरु अहिले त हत्याकाण्डको यथार्थ पत्ता लगाउनुका साटो यसै ठीक हुन्छ भनेर जस्तो गरेर पन्छाउन थालिएको उनले बताए । ठूला हत्याकाण्डको कारण पत्ता लगाउन नसक्दा फेरि त्यस्तो घटना हुँदैन भन्ने सुनिश्चित गर्न नसकिएको उनले बताए ।

यद्यपि राजा महाराजालाई श्रीपेच फुकाउले आऊ, विदेशीहरुले बोलाउँदा फुर्सद छैन भनेर लल्कारेका कारण प्रतिक्रियावादीहरुको षड्यन्त्र थियो भन्ने बुझ्न सकिने भन्दै प्रचण्डले अघि भने, ‘कतै आफ्नो छाला बचाउन लाग्नेमा त छैनौं ?’

आफूले आरोप नलगाउने तर, छाला जोगाउनतिर लाग्ने खतरा पैदा भएको उनले बताए ।

 अनलाइनबखरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार