आजदेखि इलाम आमन्त्रित भलिवल प्रतियोगिता

इलाम : भलिवल खेलको विकास गर्ने उदेश्यले सदरमुकामस्थित टुडिखेलमा आज बिहीवारदेखि प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिता सुरु हुदैछ ।

पुरस्कार राशी र व्यवस्थापनको हिसावले उत्कृष्ट मानिएको प्रतियोगितामा ८ वटा टिमको सहमागिता छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र ताप्लेजुङ भलिवल संघ आमनेसामने हुने छन् । विहिवारको दोस्रो खेल नव चेतना भलिवल क्लव वरवोटे भर्सेज झापा गाउ“पालिका भलिवल संघबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भद्रपुर भलिवल क्लव, गण्डकी प्रदेश भलिवल, विमानटे«ड भलिवल क्लव विर्तामोड र त्रिवेणी भलिवल क्लव पा“चथरको सहभागिता छ । प्रतियोगिताको सवै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद १ लाख ५० हजार रुपैया“ प्राप्त गर्ने छन् । त्यस्तै उप विजेताले ८० हजार रुपैया“ हात पार्ने छन् । जिल्ला भलिवल संघले आयोजना गरेको प्रतियोगिता वैशाख २९ सम्म सञ्चालन हुने छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार