माइजोगमाईका विपन्न परिवारलाई आवासको व्यवस्था गर्छौ – सांसद लिम्बू

  नरेन इलामेली
0 Shares

माइजोगमाई : प्रदेश १ की प्रदेश सभा सांसद खिनु लङ्वा लिम्बूले माइजोगमाईका विपन्न परिवारलाई आवासको व्यवस्था गर्ने बताएकी छिन् । सांसद लिम्बूले शनिबार इलामको माइजोगमाई गाउँपालिकाब् १ नयाँबजार स्थित अमरकल्याण माध्यमिक विद्यालयले आयोजना गरेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवलाई उत्घाटन गर्दै सो कुरा बताएकी हुन ।

सांसद लिम्बूले सांसद क्षेत्र विकास कोष मार्फत माइजोगमाई गाउँपालिका भित्र बसोबास गर्ने दलित, लोपउन्मुख तथा अति सिमान्तकृत परिवार मध्ये यस आर्थिक बर्षमा दश परिवारलाई आवासको व्यवस्था गर्ने बताएकी हुन । जसमा गाउँपालिकाको २ र ६ नम्बर वडामा ५–५ परिवारलाई आवासको व्यवस्था गर्ने उनले बताइन् ।

त्यस्तै प्रदेश सरकारले माइजोगमाई गाउँपालिकामा शिक्षा स्वास्थ्य, यातायात, खानेपानी, सरसफाई तथा फोहारमैला व्यवस्थापन खेलकुद आदी क्षेत्रमा योजना बनाएर काम गरीरहेको उनको भनाई छ।

गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले नेपाल जस्तो बहुजातीय , बहुभाषिक तथा बहुसांस्कृतिक मूलुकमा यस्ता कार्यक्रमले जातीय, धार्मिक तथा सांस्कृतिक एकततका लागि सहयोग गर्ने बताए। साथै उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सो महायज्ञमा गाउँपालिकाको तर्फबाट दश लाख रुपैँया सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीले अमरकल्याण माध्यमिक विद्यालय नमुना विद्यालयको अवधारणा अन्तर्गत अघि बढिरहेकाले नेपाल सरकारबाट पनि केही बजेट प्राप्त भएको र सोही कार्यक्रमलाई सहयोग गर्दै विद्यालयको शैश्क्षिक गुणस्तर सुधारका लागि अक्षय कोष स्थापना गर्ने उद्धेशयले श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार