देउमाई साहित्य पर्यटन महोत्सव सुरु (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares


इलाम : इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा आजबाट देउमाई साहित्य महोत्सव सुरु भएको छ । साहित्यीक पर्यटनका माध्यमबाट इलाम र देउमाई नगरपालिकालाई समृद्ध वनाउने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।

जिल्लाको पश्चिमी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि दुई दिने साहित्य –पर्यटन महोत्सव एक कोशेढुंगा सावित हुने आयोजकले लक्ष लिएको छ ।
देशका चर्चीत नेता, अभिनेता, साहित्यकार, पत्रकार भेला पारेर वहस गराउदै यस क्षेत्रका पर्यटकिय स्थलको चिनारी गराउने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।

मनमोहक पानीटार चिया वगान, गुफाथुम्की, नाँगिडाँडा, गजरमुखी धाम, सिद्धिथुम्का, कुहिभिर लगायतका पर्यटीय गन्तव्यको प्रवद्र्धन गर्नका लागि देउमाई साहित्य, पर्यटन महोत्सवको आयोजना गरेको हो । महोत्सवका लागि पाउनाहरु आउन शुरु गरेको आयोजक समाजका लागि युवा सस्थाका अध्यक्ष मोती गौतमले जानकारी दिए ।

चैत्र २३ शनिवार देखि दुई दिन देउमाई नगरपालिकाको मंगलबारे वजारमा आयोजित कार्यक्रममा देउमाई नगरपालिका, प्रदेश नम्बर १ सरकार र पर्यटन प्रवर्दनमा नेपाल पर्यटन वोर्ड र प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।

कार्यक्रमको पहिलो दिन डा अभि सुवेदीको विद्धवत प्रवचन, देउमाई १० बर्षे योजनाका बारेमा देउमाई नगरपालिकाका मेयर सुर्य पोख्रेल, समाज विकासका जानकार गजेन्द्र कटुवालसंग पत्रकार सोमनाथ सुसेलीले बहस लगायतका कार्यक्रम तय भएको छ ।

लेख्ने कसरी भन्ने विषयमा पत्रकार नारायण वाग्ले र साहित्यकार राजन मुकारुङसंग एपिवान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्रीले बहस गर्नु भएको छ । स्थानिय भाषा र साहित्य विषयमा साहित्यकार राज माङलाक, मुना राज शेर्मा, हाङयुग अज्ञातसंग अन्नपुर्ण पोष्ट दैनिकका पत्रकार समिर वावु कट्टेलले बहस गर्ने कार्यक्रम जनाइएको छ ।

पहिलो दिन नै नेपभल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्राध्यापक डाक्टर गोविन्द पौड्याल, दोस्रो दिन कुन्ता शर्मा र सिमा आवासको सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा शिर्षकमा वहस गर्ने छन् । युवा अवसर र नेतृत्वका विषयमा नेकपाका सभाषद योगेश भट्टराई र नेपाली काग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौड्यालसंग पत्रकार बसन्त बस्नेतले बहसगर्ने कार्यक्रम छ ।
कार्यक्रममा चिन्तक विश्लेषक प्रदिप गिरीले साहित्य र राजनीतिका विषयमा प्रवचन दिने छन् । कार्यक्रममा निर्देशक अभिनेता दयाहाङ राई र वरिष्ठ मुर्तीकार राजु पिठाकोटेले संघर्षका कथा सुनाउने छन् ।

देउमाई किन घुम्ने भन्ने बारेमा प्रदेश सभाषद रामराना, धर्म गौतम, केशब धौरालीले नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष विष्णु निष्ठुरीसंग बहस गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रदेशका प्रख्यता कविहरुले एक घण्टा कविता सुनाउने कार्यक्रम छ ।

कार्यक्रमको प्रारम्भमा महिला हिंसा विरुद्धमा शनिवार बिहान नागरीकले मार्चपास गसम्पन्न गरेका छन् । कार्यक्रमको विसौनी साँझमा गायक हेमन्त शर्मा, दोहोरी गायक चन्द्र शर्मा र कोयिलन गौतमले सहभागिलाई संगितको स्वाद चखाउने कार्यक्रम छ ।

भिडियो :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार