इलाम : इलामको रोङ गाउपालिकामा सञ्चालन भएको घुम्ती सिबिरमा ४ सय ४५ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । जसमा १ सय ५५ जना पूरुष र २ सय ९० जना महिला रहेका छन् ।
त्यसैगरी १ सय १७ जनालाइ जेष्ठ नागरिकको परिचय पत्र बितरण गरिएको थियो भने २६ जनाले अपाङगताको प्रमाण पत्र पाएको सामाजिक बिकास समितिका सम्योजक युवराज खाप्तुवा राईले बताए । सिबिरमा १ सय १५ जनाले आखा जाच गराएका थिए भने १८ जनाले कान को श्रवण शक्ति जाच गराएका थिए ।
सिबिरमा ४ सय ६१ जनाले फोटो सहितको मतदाता नामावलीमा तस्बिर खिचाएको पनि सामाजिक बिकास समितिका सम्योजक युवराज खाप्तुवाले जानकारी दिए । सिबिर शुक्रबार र शनिबार दुइ दिन रोङ गाउपालिकाको केन्द्र रहेको स्थान कोल्बुङमा सञ्चालन भएको थियो ।