पोषाक कार्यन्वयन तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी महाअभियान सुरु (फोटो फिचर)

  नयाँ बुलन्द  114 पटक हेरिएको

इलाम : सवारी चालकलाई पोषाक कार्यन्वयन तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी १५ दिने महाअभियान सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ईलाम तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय ईलामको संयुक्त आयोजनामा सुरु भएको अभियानको उद्घाटन विहीबार इलाम नगरपालिका ७ स्थित बसपार्कबाट गरियो ।

 अभियानको उद्घाटन जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेशप्रसाद बरालले गरे । अभियानको उद्घाटनपूर्व प्रभातफेरी र्‍याली निकालिएको थियो । र्‍यालीमा  जिल्ला समन्वय समितिका प्रमुख बरालसहित प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, प्रहरी उपरीक्षक माधब श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का, अनुशन्धान अधिकृत तुलसी कटेल, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थानिय जनप्रतिनिधि, यातायात संघ गायत सार्बजनिक सवारी साधनका चालक र परिचालकहरुको उपस्थिति थियो ।

सवारी चालकहरुलाई मर्यादित पहिचानयुक्त तथा आफ्नो पेशाप्रति सदैव उत्तरदायी एंव जबाफदेही बनाई सडक शुसाशन कायम गर्न प्रदेश १ का १४ वटै जिल्लामा अभियान सुरु भएको हो । अभियानको शुभारम्भ गरी सावरी चालक र सहचालकहरुलाई पोषाक समेत वितरण गरीएको थियो  ।

अभियान १५ दिनसम्म संचालन हुने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार