नेपाल कम्युनिष्ट पार्टी बन्दको प्रभाव इलाममा पनि

इलाम :  विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दको इलामसहित देशभर  प्रभाव परेको छ ।

इलाम सदरमुकाम अरुदिनको तुलनामा  सुन्सान  भए पनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ ।

विप्वलको बन्दलाई प्रभावहीन बनाउन सदरमुकामका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।

पछिल्लो पटक सरकारले विप्लव समूहलाई प्रतिबन्धनै लगाएपछि सो पार्टीले पहिलो पटक नेपाल बन्दको आह्वान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार