माईभ्याली गोल्डकपमा आज पाहुना टोली हङकङ र हिमालयन शेर्पा भिड्दै

इलाम : पाँचौ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा पाहुना टोली हङकङ नेप्लिज फुटबल एकाडेमीले हिमालयन शेर्पाको सामना गर्दैछ ।

यि २ टोली माईभ्याली गोल्डकपमा पहिलो पटक भिड््न लागेका हुन । शहिद स्मारक ए डिभिजन लिगमा सातौ स्थानमा रहेको हिमालयन शेर्पा क्लबको सिजनको चौथो सहभागीता हो ।

दोश्रो विशाल मेमोरियल गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मीसंग सडनडेथमा पराजित बन्दै हिमालयन शेर्पा उपविजेता बनेको थियो । पोखरा कपमा अर्को विभागीय टिम एपिएफसंग २–१ ले पराजित बन्यो ।
भरखरै सम्पन्न आहारारा गोल्डकपको १७ औ संस्करणमा धरान फुटबल क्लबले हिमालयन शेर्पाको चुनौती १–० ले पन्छाएको थियो ।

यस सिजनमा हङकङ नेप्लिजको दोश्रो सहभागीता हो । झापा गोल्डकपमा सहभागी हङकङ नेप्लिजमाथी कर्ण लिम्बु प्रेरित घरेलु टोली झापा–११ ले १–० गोल अन्तरको संर्घषपुर्ण जित निकालेको थियो । नेपाली फुटबलमा हङकङ नेप्लिज क्लब नयाँ भने होइन ।

धरानको प्रतिष्ठित प्रतियोगिता बुढासुव्वा गोल्डकपमा हङकङ नेप्लिज फुटबल क्लब सहभागी थियो । उस्ले २०६९ सालमा प्रतियोगिताको १५ औ संस्करणको उपाधी नेपाली फुटबलको पावरहाउस त्रिभुवन आर्मीलाई हराएर जित्यो ।
तत्कालिन समयमा हङकङ नेप्लिज क्लबले नेपाली फुटबलका स्टार विकेश कुथु, जगजित श्रेष्ठ, सागर थापा र केही अफ्रिकी मुलका खेलाडीलाई समेत मैदानमा उतारेको थियो । सफल पोखरा कप समेत खेलेको टोली सेमीफाइनलसम्म पुगेको थियो ।

झापा गोल्डकपमा हङकङ टिमबाट ७ जना अफ्रिकी खेलाडी सहभागी थिए । टिम मेनेजर नविन राईका अनुसार माईभ्याली गोल्डकपमा ३ जनामात्र अफ्रिकन खेलाडी उत्रिने छन ।

इलामको मैदानमा पहिलो पटक उत्र््ने तयारीमा रहेको दुवै टिम जित निकाल्दै आफनो बलियो उपस्थिती देखाउन चाहन्छ ।localsandesh

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार