तेह्रथुम : तेह्रथुमको आठराई गाउपालिकाको सक्रान्ती बजारमा आधारभुत पत्रकारिता सम्बन्धी तिन दिने तालिम सुरु भएको छ ।
नेपाल आदिवासी जनजाती पत्रकार महासघ (फोनिज) द्वारा आयोजित तालिममा पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको ईतिहास, पत्रकारिता क्षेत्रमा आदिबासी जनजाति युवाहरुको सहभागीता, पत्रकारिताको बिकास, सुचना र सन्चारको महत्व, सकरात्मक समाज परिवर्तनमा पत्रकारहरुको भुमिका, समाचार लेखनको ततिका, खोजी पत्रकारिताको मर्म, रिपोर्टिङ गर्ने तरिका, कार्यक्रम उत्पादन गर्ने तरिका लगयतका बिशयमा छलफल भैइरहेको छ ।
गाउपालिका क्षेत्रका २१ जना सहभागी तालिममा कृष्ण बिदुखी गौतम, चन्द्र कार्कि लगायत राश्टृय सन्चारमा कार्यरत पत्रकार हरुले सहजीकरण गरिरहनु भएको छ ।
आठराई गाउपालिकाको सहयोगमा आयोजना गरिएको तालिमको उद्वघाटन कार्यक्रम गाउपालिका अध्यक्ष मान बहादुर लिम्बुको प्रमुख आथित्य तथा फोनिजका जिल्ला अध्यक्ष टीआर सेनेहाङ्को अध्यक्षतामा सुरु भएको हो ।
उध्योग बाणिज्य सघ उपशाखाको हलमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउपालिका अध्यक्ष लिम्बुले सुशासनको सम्बाहक पत्रकार नै भएको बताउदै गाउपालिकाले पत्रकार उत्पादन गर्न पाउनु महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उनले फोनिजको उदेश्यले नया पत्रकारहरु तयार भई गाउपालिका नै सुचना र सन्चारको क्षेत्रमा समृद्ध हुने तर्क राखे । कार्यक्रममा बोल्दै उहाले शुचनाको क्षेत्रमा आठराई गाउपालिका पछि रहेकाले अबको दिनमा त्यस्तो अबस्थाको अन्त्य भर्को उध्घोश गरे । तालिम सनिबार सम्पन्न हुने आयोजक सस्था फोनिजका सचिव प्रकाश पाक्सावाले जानकारी दिए ।