प्रचारप्रसारको अभावमा ओझेलमा टोड्के झरना (भिडियो सहित )

  बिबिसी हाङ्खिम
0 Shares

सन्दकपुर : इलाम जिल्लाको सदरमुकाम इलाम नगरपालिकाबाट ३ घन्टा उतर पुगेपछि एउटा मनोरम दृश्य देखिन्छ,त्यो दृश्य अग्लो पहाडबाट विशाल आवाजका साथ झरिरहेको सुन्दर झरना टोड्के झरनाको हो।

इलामको सन्दकपुर गाउपालिका वडा नम्बर २ माइमझुवामा रहेको यस टोड्के झरना सहज रूपमा यातायात नपुग्दा र आवश्यक प्रचारप्रसार नहुदा ओझेलमा परेको छ।

पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको यस झरना नेपालको पहिलो अग्लो तेह्रथुमको हयातुङ झरनापछिको दोस्रो अग्लो झर्ना भएपनी प्रचारप्रसार भने हुन सकेको छैन।

समुन्द्र सतहबाट १६ सय मिटरको उचाइमा अवस्थित यो झर्ना दुइसय ८० फिट अग्लो रहेको छ।
यस झर्नासम्म आइपुग्नका लागि मोटरबाटो निर्माण नहुदा पर्यटक पैदल यात्रा गर्न बाध्य छन् ।

अहिले यो झर्नाको अवलोकन गर्न आउने पर्यट सङ्ख्या निकै बढ्दै गैरहेको छ। इलाम पाचथर ताप्लेजुङ झापा मोरङ सुनसरी र धनकुटा लगायतका जिल्लाहरुबाट आउने गरेका छन् ।

माइमझुवामा टोड्के झर्ना बाहेक अन्य यस्ता थुप्रै स-साना झर्नाहरु रहेका छन् । यिनिहरुको उचित ब्यबस्थापन र संरक्षण गर्न सके सन्दकपुर गाउपालिका पर्यटकीय आकर्षणको प्रमुख केन्द्रबिन्दु नबन्ला भन्नेमा कुनै दुइमत छैन ,त्यसका लागि स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकारको बेलैमा ध्यान जान जरुरी देखिन्छ ।

पूरा भिडियो हेर्नुहोस  :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार