काठमाडौँ : बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ ।
नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्त एटीएमको खानेपानी मन्त्री बिना मगरले आज उद्घाटन गर्दै एटीएमबाट पानी झारेर पिउनुभएको थियो ।