बर्तमान सरकारले भ्रष्टाचार बाहेक केही गर्न सकेन – सभापति कर्माचार्य

माइजोगमाई : नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले बर्तमान सरकारले भ्रष्टाचार बाहेक केही पनि गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार नेपाली कांगेस माइजोगमाईले आयोजना गरेको कार्यकर्ता जागरण तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्न नयाँबजार आएका सभापति कर्माचार्यले सो आरोप लगाएका हुन ।

उनले बर्तमान सरकार गठन भएको एक बर्षलाई निँयाल्दा सरकार भ्रष्ठाचारमा मात्रै अल्झिएको बताएका हुन । नेकपाको नेतृत्वमा सरकार गठन भए देखि भ्रष्टाचार बढेको बताउँदै उनले ३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारले नै लुकाएको समेत आरोप लगाए । साथै सरकारले वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचार ढाकछोप गर्न छानविन समिति गठन गर्नुृ, एनसेलबाट राजस्व उठाउन चासो नदिन,ु नेपाल टेलिकमको फोरजी सेवामा भएको भ्रष्टाचार लगायतका प्रकरणले सरकारले भ्रष्टाचार बाहेक केही गर्न नसकेको पुष्टि हुने उनको तर्क छ ।

उनले सरकारले अझै पनि जनताको चाहना विपरित गएर काम गरिरहे कांग्रेस चुप लागेर नबस्ने र सरकारको भण्डाफोर गर्ने चेतावनी समेत दिए ।

नेपाली कांग्रेस इलामका सचिव खगेन्द्र देवानले सरकारको शैली हेर्दा संविधान कार्यान्वयनमा समेत आशंका सुरु भएको बताएका छन् । संविधान जारी भएपछि संघले बनाउनुपर्ने कानुन निर्माणका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह नगरेको आरोप लगाउँदै संविधानको सफल कार्यान्व्यनमा सरकारले नै चुनौती निम्त्याएको देवानको भनाई छ । उनले नेकपाको सरकारले भ्रष्टाचारी र अपराधीलाई संरक्षण गरिरहेको समेत आरोप लगाएका छन् ।

नेपाली कांग्रेस इलाम क्षेत्र नं १ का सभापति दुर्गा बरालले सरकारले जनताको चाहना अनुरुप काम गर्न नसकेको बताएका छन् । बरालले हरेक क्षेत्रमा भएको महंगी नियन्त्रण गर्न नसकेको, जनताले तिर्नै नसक्ने गरि करको भार थुपारेको , शान्ति सुरक्षा दिन नसकेको र न्ययायालयमा समेत हस्तक्षेप गरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार