इलाममा बाग्लो हिमपात, सवारी साधन ठप्प

पर्यटक आवागमन शुन्य

  सुजता सुनुवार
0 Shares

इलाम : विहिबार रातीदेखि परिरहेको निरन्तरको वर्षासँगै इलाममा बाग्लो हिमपात भएको छ । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ भने सवारी साधन ठप्प भएका छन् ।

२०६३ सालपछि यही साल नै यतिका धेरै हिमपात भएको यो पहिलो हो । यसको प्रत्यक्ष असर सवारी साधनमा परेकाले पर्यटक आवागमन शून्य भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार समुन्दी्र सतहदेखि १ हजार २ सय मिटरको उचाईमा रहेका बस्तीहरुसम्म हिउँ परेको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिकामा महिनामा २ हजार ५ सय जनासम्म पर्यटक आउने पुग्ने गर्दथे । दिनमा ८४ जनासम्म सन्दकपुरको पर्यटकिय स्थल हेर्न पुग्ेनको संख्या अहिले शुन्य भएको सन्दकपुर गाउँपालिकाका होटल व्यवसायी पेमाडण्डु शेर्पाले बताए ।

२ फिट भन्दा बाग्लो हिमपात भएकाले पग्लन अझै ३ दिनसम्म लाग्न सक्ने उनको भनाई छ । चिसोका कारण दैनिकी काम गर्न समेत समस्या छ । सवारी साधन ठप्प भएकाले आएका केही पर्यटक समेत सवारी साधन नचलेसम्म सन्दकपुरमा नै बस्नु पर्ने बाध्यता रहेको बताइएको छ ।

इलामको सन्दकपुर गाउँपालिकादेखि इलाम नगरपालिकासम्म आवतजावत गर्ने ५० भन्दा वढी सवारी साधन हिउँ परेकै कारण गाउँमा नै थन्किएका छन् । मौसममा सुधार नभएसम्म गाडी गाउँमा नै थन्किने भएकाले अझै दुई दिनसम्म जिल्लाको इलाम नगरपालिकासम्मको यात्रा हिँडेरै गर्नुपर्ने बाध्यता स्थानियलाई रहेको सन्दकपुर गाउँपालिका ५ का स्थानिय रमेश भट्टराईले बताए । शुक्रबारदेखि इलाम नगरपालिकासम्मको यात्रा हिडेरै गरिरहेको समेत उनको भनाई छ ।

यस वर्ष जिल्लाका सन्दकपुर गाउँपालिकाका जौबारी, माबुथान, सन्दकपुर, कैयाकट्टा, गोरुवाल भञ्ज्याङ्ग, तिखे भञ्ज्याङ्ग, देऊराली टप्पु कालपोखरी लगायतका स्थान, माईजोगमाई गाउँपालिकाका नयाँबजारमा यसै वर्ष बाग्लो हिमपात परेको छ ।

त्यस्तै सूर्योदय नगरपालिकाको पशुपतिनगर, सुकिया, मानेभञ्ज्याङ्ग, देउमाई नगरपालिकाको जितपुरमा समेत हिमपात भएको छ । लामो समयपछि बाग्लो हिउँ परेकाले कृषिलाई भने फाइदा गरेको कृषि प्राविधिकहरुको भनाई छ । बालीलाई हानी पु¥याउने किटाणु हिमपातका कारण मर्ने भएकाले कृषिबाली सप्रने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार