पाँचथर फाल्गुनन्द गाउँपालिका अध्यक्ष नेम्बाङको निधन

  युद्धबहादुर बोहोरा  800 पटक हेरिएको

पाँचथर : फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अम्बरकुमार नेम्वाङको शनिबार निधन भएको छ ।

नेम्बाङ अपरान्ह २ बजेर २० मिनेटमा वडा नम्वर ५ द्वारा आयोजित क्षमता विकास सम्वन्धि कार्यक्रममा प्रमुख अतिथि रहेका नेम्वाङ मन्तव्य पछि ढल्न गइ बेहोस भएका थिए।

कुर्सीमै मुर्छा परेर लडेका ७८ वर्षिय नेम्वाङलाई स्थानीय क्लिनिकमा स्वास्थजाँच गराँउदा सुविधा सम्पन्न अस्पताल लैजाने सुझाव पाएसँगै इलाम जिल्ला अस्पताल लगिएको थियो ।

उनलाई इलाम जिल्ला अस्पतालमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन । अस्पताल ल्याइपुर्याउदा हर्ट विट र पल्सले काम गर्न छोडिसकेको थियो । उनका पुरै अंग निष्कृय भइसकेका थियो । मुर्छा परे लगत्तै निधन भइसकेको हुनसक्ने इलाम अस्पतालका डाक्टर पवनजंघ रायमाझीले बताए ।

उनी २०७३ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यसअघि नेम्वाङ २०४९ र ०५४ सालमा साविक पौवासारताप गाविसको अध्यक्ष भएका थिए ।

नेम्वाङ साहित्यमा समेत दख्खल थिए । उनको साँझको अवसान, तरेलीहरु कविता र अमेरिका भ्रमणका केहि सम्झनाहरु सस्मरण प्रकाशन भइसकेको छ ।

नेम्वाङलाई यसैवर्ष नेपाल सरकारले सुप्रवल जनसेवा श्रीवाट समेत बिभुषित गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार