नयाँ बुलन्द : शनिबार देश भर नै नेविसंघले सरकारी प्रति लक्षित विरोध कार्यक्रमहरु सञ्चालन गरेको थियो । उपत्यका तथा उपत्यका बाहिर सरकारी गाडीमा आगजनी जस्ता क्रियाकलाप गरेको नेविसंघले डडेल्धुरामा भने सरकारी गाडी लेख्ने अभियान राख्यो ।
विभिन्न एजेण्डा राख्दै आन्दोलित नेपाल विद्यार्थी संघले आन्दोलनको स्वरुप परिवर्तन गर्दै शनिबार सरकारी गाडी लेख्ने अभियान थालेको छ । नेविसंघ डडेल्धुराका कार्यकर्ताहरुले बिहानैदेखि सरकारी गाडीमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखेका छन् ।
नेवि संघका विद्यार्थीहरुले सरकारी गाडीमा केपी सरकार मुर्दावाद, नेविसंघ जिन्दावाद, अधिनायकवादी सरकार चाहिँदैन, जनतालाई न्याय दे लगायतका नारा लेख्दै सरकारको विरोध गरेको छ । उनीहरूले सडक छेउमा रोकिएका सरकारी नम्बर प्लेटका गाडीमा समेत सरकार विरोधी नारा लेखेका हुन् ।