
काठमाडौं : नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनु पर्छ ।
पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् ।
पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् ।
यसरी देशभरका ४० लाखमध्ये १७ लाख १७ हजार अर्थात् ४२ प्रतिशत दलित चरम गरिब छन् । राष्ट्रिय योजना आयोगले २०७५ मा गरेको अध्ययनअनुसार कर्णाली प्रदेशमा कुल जनसंख्याको ५१.२२ प्रतिशत र प्रदेश २ मा ४७.८९ प्रतिशत जनता गरिब छन् ।
विपन्नता
नेपालमा चरम गरिब परिवार– २५.२५
तर, चरम गरिब दलित– ४१५
पहाडी ब्राह्मण १०.२५
पहाडी क्षेत्री २४५
पहाडी दलित ४२.४५
मधेसी ब्राह्मण(क्षेत्री १८.९५
मधेसी दलित ४०.२५
साक्षरता
नेपालको औसत साक्षरता ६५ प्रतिशत
तर, दलितको साक्षरता–४३ प्रतिशत
पहाडी ब्राह्मण ७७.६ प्रतिशत
पहाडी क्षेत्री ६६.५ प्रतिशत
पहाडी दलित ५१.८ प्रतिशत
मधेसी ब्राह्मण–क्षेत्री ८० प्रतिशत
मधेसी दलित २२.८ प्रतिशत
कक्षा १ देखि ८ कक्षासम्मको कुल भर्नादर
नेपालको औसत भर्नादर १०२.० प्रतिशत
(सामान्यतया ५ देखि १२ वर्षसम्मका बालबालिका भर्ना हुने अपेक्षा गरिन्छ, तर पाँच वर्षभन्दामुनि वा १२ वर्षभन्दा माथिका बालबालिका भर्ना हुँदा प्रतिशत १०० नाघेको छ ।)
पहाडी ब्राह्मण १०७.५ प्रतिशत
पहाडी क्षेत्री १०९.३ प्रतिशत
मधेसी ब्राह्मण–क्षेत्री ९७.५प्रतिशत
पहाडी दलित ११०.२ प्रतिशत
मधेसी दलित ७०.१ प्रतिशत
स्नातक वा सोभन्दा माथिको कुल भर्नादर
नेपालको औसत भर्नादर ७.७ प्रतिशत
पहाडी ब्राह्मण २१.६ प्रतिशत
पहाडी क्षेत्री ७.९ प्रतिशत
पहाडी दलित १.२ प्रतिशत
मधेसी ब्राह्मण–क्षेत्री २७.३ प्रतिशत
मधेसी दलित १.२ प्रतिशत
एसएसली उत्तीर्णमध्ये १.६ प्रतिशत र स्नातक उत्तीर्णमध्ये ०.८ प्रतिशत मात्रै दलित छन्न्।
व्यवस्थित आवास
व्यवस्थित घरमा नेपालको जनसंख्या २८ प्रतिशत
तर, व्यवस्थित घरमा बस्ने दलित ११ प्रतिशत
पहाडी ब्राह्मण ४३.६ प्रतिशत
पहाडी क्षेत्री २६.८ प्रतिशत
पहाडी दलित ११.६ प्रतिशत
मधेसी ब्राह्मण–क्षेत्री ५७.८ प्रतिशत
मधेसी दलित ११.१ प्रतिशत
बाल र मातृ मृत्युदर
नेपालमा बाल मृत्युदर स् औसत हजारमा ५४ जना
तर, दलितमा हजारमा ७७ जना
मातृ मृत्युदर औसत हजारमा ४६ जना
तर, दलितमा हजारमा ६७ जना
जन्मदर नेपालमा औसत २.६५, दलितमा ३.२५
परिवार नियोजनका साधनमा पहुँच
ब्राह्मण–क्षेत्री महिला ५३५
दलित महिला ४३५
सरसफाइ र शौचालय
नेपालको कुल जनसंख्या २ करोड ९७ लाखको १३.८ प्रतिशत अर्थात् ४० लाख ९९ हजार दलित छन् ।
दलितमध्ये पहाडमा ९.१५ अर्थात् २७ लाख ३१ हजार र तराईमा ४.७५ अर्थात् १३ लाख ९६ हजार छन् ।
तराईका दलितमध्ये ३७ प्रतिशतसँग अर्थात् ५ लाख १६ हजारसँग खेती गर्ने जमिन छैन । तराईका दलितमध्ये पनि २ लाख २४ हजार मुसहरमध्ये ७९ प्रतिशत अर्थात् एक लाख ८५ हजारसँग घर बनाउने समेत भूमि छैन । नयाँ पत्रिका दैनिकबाट
(तथ्यांकको स्रोत स् त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागको ‘पोभर्टी एन्ड एक्सक्लुजन इन नेपाल’ नामक सर्भे)

















































