इलाम : नेपालको प्रदेश नं. १ का १४ जिल्लामध्ये एउटा हो– इलाम । यो पहाडी जिल्ला हो । यहाँ नेपालकै पहिलो चियाबगान छ्र । यो नेपालको सुन्दर पर्यटकीय स्थलमध्येमा पर्छ्र । इलामबारेका यी कुरा मैले नेपाली विषयका शिक्षकबाट सुनेको थिएँ । म दिनहुँ चिया पिउँथे । तैपनि चियाको बोट देखेको थिइनँ । तर यसपल्ट भने मैले साथीहरूसहित इलाम पुग्ने र चियाबगान हेर्ने अवसर पाएँ ।
विद्यालयका प्रिन्सिपलले हामीलाई इलाम भ्रमणमा लैजाने भनेकै दिनदेखि मेरो मन त्यसैत्यसै रमाइरहेको थियो । मंसिर २९ गते जाने दिन तय भएको थियो । म एकदमै उमंगका साथ त्यो दिन पर्खिरहेकी थिएँ । मेरा सहपाठीहरूका पनि भुइँमा खुट्टा थिएनन् । मंसिर २८ गते राति निद्रा परेको होइन । तीन चारपल्ट उठेर समय हेरेँ । पछिल्लो पटक उठेर समय हेर्दा साढे ३ बजेको रहेछ्र । जुरुक्क उठेँ । नुहाएँ र स्कुलको पोसाक लगाएँ । म स्कुल पुग्दा मेरा केही साथीहरू आइसकेका थिए । सबैजना आइसकेपछि प्रिन्सिपल सरले गाडीमा हामी सबैलाई मिलाएर बसाउनुभयो । बिहानको ५ बजे हाम्रो इलाम यात्रा सुरु भयो । बिहानी पखको झुल्कँदो घामसँगै चिसो बतास चलिरहेको थियो । बसको झ्यालबाट हरियाली पहाड हेर्दै गीतका मीठमीठा धुन सुन्दै हामी अघि बढ्यौं । सुनकोसी नदीको किनारबाट नदीको मनोरम दृश्य देखियो । खुर्कोटको डाँडा हुँदै ठीक १२:३० सिन्धुलीगढी पुग्यौं, हामी सिन्धुली बजार पुग्यौं । त्यतिन्जेलसम्म हामी सबै भोकाइसकेका थियौं । शिक्षक शिक्षिकाहरूले त्यही हामी सबैलाई खाना खाने प्रबन्ध मिलाउनुभयो ।
हामी सबैले भोकको झाेंकमा दाल, भात, सब्जी र अचार खायौं । केही बेर सुस्ताएपछि बसले हामीलाई लिएर हिँड्यो । सिन्धुलीबाट बर्दिवास, इटहरी, झापा हुँदै इलामको फिक्कल पुग्यौं । फिक्कलमा हाम्रो स्कुललाई चिनेको एउटा संस्था छ्र । हामी त्यही संस्थाको भवनमा बास बस्न गयौं । त्यहाँका कर्मचारीले हाम्रा निम्ति मीठा खानेकुरा बनाएर राख्नुभएको रहेछ, उहाहरूको सहयोगी भावनाको कदर गर्दै खाना खायौं र पौने ११ बजेतिर उहाँहरूले नै प्रबन्ध गरिदिनुभएको खाटमा सुत्यौं ।
दोस्रो दिन, सखारै आँखा खुले । कोठा सरसफाइ गर्यौं । अनि हतार हतार नुहाएर घुम्न जान तम्तयार भयौं । त्यस दिनको हाम्रो घुमाइ थियो, कन्याम चियाबगान । लगभग डेढ घण्टापछि हामी त्यहाँ पुग्दा झलमल्ल घाम लागेको थियो । चारैतिर सिर्सिर बतास चलिरहेको थियो ।
आहा १ कति सुन्दर र रमाइलो ठाउँ । मेरो मन एकदम लोभियो । सुन्दर हरियो बगैँचामा हामी पुतलीसहर भयौं । विभिन्न पोजमा फोटो खिच्यौं । त्यहाँको एउटा राम्रो विशेषता के रहेछ भने, फोटो खिच्दा विभिन्न जातजातिका सांस्कृतिक पोसाक लगाउन पाइने । घोडामा चढेर चियाबगान घुम्न पाइने । हाम्रो मन चियाका बोटमा नै अल्झिरहेका थिए । तर हामीलाई पशुपतिनगरतिर पनि घुम्नु थियो ।
पशुपतिनगर डाँडाको प्राकृतिक छटा देखेर म छक्क परें । पुछारबाट भुइँ कुहरो सरर उकालै उकालो आएपछि झ्वाप्प हामीलाई छोपिदियो । एकै छिनमा चिसोले छ्याप्प भिजाउने । फेरि एकै छिनमा कुहिरो सरर हटेर घाम टुप्लुक्किने । प्रकृतिको यस्तै लुकामारीसँगै हामी नेपाल र भारतको सिमानासम्म पुग्यौं । त्यहाँबाट देखिने जत्ति डाँडाकाँडा हेर्यौं । मानिस नेपाल र भारततर्फ आउँदै र जाँदै गरेको हेरेर फक्र्यौं । दिनभरि घुमेर पनि मलाई थकाइको महसुस नै भएन । तेस्रो दिन हामी काठमाडौं फर्कंदै गर्दा सिन्धुलीगढीमा केही बेर बस रोक्यौं । त्यहाँ हाम्रा वीर पुर्खालेआफ्नो मुलुक बचाउन रगत बगाएको इतिहास छ्र । आफूले किताबमा पढेका कुरा आफ्नै आँखाले देख्न पाउँदा हामी सबै गौरवान्वित भयौं । इलामको घुमघाम हामी सबैको अविस्मरणीय यात्रा रह्यो ।