ताप्लेजुङका ५९ वडा सडक सञ्जालसँग जोडिए

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : ताप्लेजुङका ५९ वडा सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका ९ वटा स्थानीय तहका ६१ वडामध्ये अब दुई वटा वडामा मात्रै सडक पुग्न बाँकी छ ।

स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखिएसँगै  अधिकांश वडामा सडक पुगेको हो ।

सिरिजंघा गाउँपालिका–६ मामांखे र मिक्वाखोला गाउँपालिका–५ पापुङ बाहेकका सबै क्षेत्र सडक सञ्जाल पुगेको छ ।

मामांखेमा यसै आर्थिक वर्षभित्रै सडक पुर्‍याउने गरी काम भइरहेको छ भने चीनसँग सिमा जोडिएको पापुङमा भने भौगोलिक विकटताका कारण केही समय लाग्ने देखिएको छ ।

गाउँगाउँमा सडक पुगे पनि सबै ठाउँमा सवारीसाधन चल्दैनन् । कतिपय क्षेत्रमा पुल नबनेको र केही ठाउँमा ट्रयाक मात्रै खोलिएकाले सवारी साधन चल्न नसकेका हुन् ।

साविकका गाविसहरु ओलाङचुङगोला, खेवाङ, सुरुम्खिम, मेहेले लगायतमा स्थानीयले समेत लगानी गरेर सडक बनाइएपछि पुल अभावलगायतका कारण सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार