आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि इलाममा सबै खेलका जिल्ला छनौट सम्पन्न

को को परे त ?

  अतित योङहाङ
0 Shares

इलाम : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को लागि इलाम जिल्ला खेलकुद विकास समितिले सबै विधाका खेलहरुको खेलाडी छनौट सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी फागुनमा प्रदेश नं. ५ को विभिन्न स्थानमा हुने प्रतियोगिताको लागि इलाममा सबै विधाका जिल्ला छनौट सम्पन्न भएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नरवहादुर खवासले जानकारी गराए ।

प्रतियोगिताको लागि इलाममा जिल्लाबाट फुटबल, भलिबल, एथ्लेटिक्स, कराते, उसु, तेक्वान्दो, बक्सिङ, टेबलटेनिस, भारोत्तोलन, कबडी, ब्याटमिन्टन, बुद्धिचाल, क्रिकेट, बास्केटबल, जुडो र कुस्ती खेलको जिल्ला छनौट सकिएको इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बृहस्पति उपरकुटीले बताए ।

                                                                          को को परे त खेलाडी ?

फुटबल

फुटबल खेलको पुरुष खेलाडीहरुमा सरजन राई, सौरभ सुवेदी, प्रदिप बिष्ट, रुपेन गुरुङ, हेममणी बलम्पाकी, पिकेश लोक्ताम, हरी शिवाकोटी, जनक मैनाली, सनम राई, अनिश थापा, दिपेश राई, अंकित दास, प्रवाय (नितेश) राई, दर्शन गुरुङ, पासाङ्ग शेर्पा र विक्रम राई छनौट भएका छन् भने वैकल्पिक खेलाडीहरुमा मनिष थापा र सुरज दाहाल जिल्लाबाट छनौट भएका छन् ।

त्यस्तै महिला खेलाडीहरुमा इन्दिरा राई, बिटिशा राई, डोमा शेर्पा, केशिका राई, मञ्जु राई, सिर्जना खवास, विमला लिम्बू, सञ्चिता सोङमी, सोमरानी राई, अनिता राई, रीता राई, जेनिफर राना, सुचना राई, प्रिया राई, मनकुमारी राई र कमला गुरुङ, जिल्लाबाट छनौट भएका छन् भने वैकल्पिक खेलाडीहरुमा दिकी शेर्पा र आशिका राई छनौट भएका छन् ।

 बक्सिङ

बक्सिङ खेलमा सुजन तामाङ, रोहन मलिक, तेविन प्रधान, ओमराज गुरुङ, राहुल प्रधान, जितेन्द्र ठाकुर, प्रसाद गुरुङ, योगेश रञ्जितकार, दिपेन चेम्जोङ र रामसिंह थेगिम जिल्लाबाट छनौट भएका भन् भने वैकल्पिक खेलाडीमा सुदर्शन रञ्जितकार छनौट भएका छन् ।

बुद्धिचाल (चेस)

बुद्धिचाल खेलमा इलाम जिल्लाबाट सुरेन्द्र राई र भिम लिम्बू छनौट भएका छन् भने बैकल्पिक खेलाडीमा याम लिम्बू छनौट भएका छन् ।

उसु

उसु खेलको विभिन्न इभेन्ट अन्तर्गत पुरुष सान्सो खेलको लागि विजय नेम्बाङ लिम्ब ५२ केजी, विमल नेम्बाङ लिम्बू ५६ केजी, हरी लिम्बू ६० केजी, सन्दिप राई ६५ केजी, चन्द्र लिम्बू ७० केजी, राजेन्द्र लिम्बू ७५ केजी, ज्ञानेन्द्र लिम्बू ८० केजी र किरण राई ८५ केजीमा छनौट भएका छन् ।

महिला सान्सोमा अनामिका राई ५२ केजी, निशा गुरुङ ५६ केजी, तारादेवी राई ६० केजी, फुङलोती लिम्बू ६५ केजी र गंगादेवी राई ७० केजीमा छनौट भएका छन् ।

त्यस्तै उसु खेलकै पुरुष थौलु खेइभेन्टको लागि पुष्पल संजेल छान छ्वान, निकेश राई नान छ्वान + नानकुन, युकेश गुरुङ याङची छ्वान + याङची चेन, शंकर बस्नेत नाङसु कुन सु र प्रविन राई नान् छ्वान + नान् कुन मा छनौट भएका छन् ।

महिलाहरुमा अस्मिता एक्तेन छान छ्वान, कृति थेवे नान छ्वान + नानकुन, सविना मुखिया याङची छ्वान + याङची चेन र आयुसा आङदेम्बे लिम्बू नाङसु कुन सु मा छनौट भएका छन् ।

कराते

कराते खेलको पुरुष खेलाडीहरुमा निश्चल खवास ५० केजी, कमल राई ५५ केजी, सविन मगर ६० केजी, विशाल राई ६७ केजी, सौगात राई ७५ केजी, दिपेश घिमिरे ८४ केजी, भेषराज राई +८४ केजी र सरोज निरौला एकलकातातर्फ छनौट भएका छन् भने सामुहिक कातातर्फ लोकवहादुर चाम्लिङ, नरेश गहतराज र एलिस दाहाल छनौट भएका छन् ।

महिलाहरुमा अञ्जली राई ४५ केजी, प्रिति बस्नेत ५० केजी, प्रिया बस्नेत ५५ केजी, रञ्जिता लेप्चा ६१ केजी, समीक्षा लेप्चा ६८ केजी , दिक्षा दियाली +८६ र विमोचना गुरुङ एकलकाता तर्फ छनौट भएका छन् भने सामुहिककाता तर्फ सविना दनुवार, मनमाया लवाई र प्रश्ना लेप्चा छनौट भएका छन् ।

 एथ्लेटिक्स

एथ्लेटिक्स खेलको पुरुष खेलाडीहरुमा विकास कोइराला, पर्वत राई, मौषम तामाङ, प्रदिप गुरुङ, हुकुम लिम्बू, उत्सव राई, नरवहादुर बस्नेत, अभिषेक थापा, अमृत गुरुङ र प्रशान्त भूजेल छनौट भएका छन् भने महिलाहरुमा राधिका राई, लिला रसाईली, तुलसा आचार्य, प्रिया राई, सुुभद्रा राई, रस्मिता राई, लमु गुरुङ र आयुस्मा राई जिल्लाबाट छनौट भएका छन् ।

कबडी खेलको पुरुष खेलाडीहरुमा सन्तोष खालिङ, जिवन श्रेष्ठ, भूपाल राई, विनोद राई, सन्दिप तामाङ, अभिषेक तामाङ, सन्तोष रम्तेल, चन्द्र लम्जेल, विवेक थापा र रमेश ठकुरी छनौट भएका छन् भने महिला खेलाडीहरुमा अरुणा कार्की, रेखा तामाङ्ग, जुना बस्नेत, राधिका गुरुङ, नुना बस्नेत, छाँया धमला, रस्मिता राई, सृष्टि राई, राधिका राई र उषा राई छनौट भएका छन् ।

क्रिकेट

क्रिकेट खेलको पुरुष खेलाडीहरुमा सन्दिप ढुङ्गाना, दिपेश कुँवर, निलम भूजेल, सुनिल मगर, रोषन बोहोरा, दिवश बराईली, महेश राई, शाहिल घिसिङ, मनोज आचार्य, असोक लिम्बू, पुजन खड्क, प्रज्वल खत्री, हेमन राई र सन्देश भट्टराई छनौट भएका छन् भने वैकल्पिक खेलाडीहरुमा कैलाश राई र सन्दिप मिश्र जिल्लाबाट छनौट भएका छन् ।

त्यस्तै महिलाहरुमा संगम तामाङ, नविना खड्का, जानुका खवास, पम्फापुलामी मगर, चिजा राई, सञ्जिता राई, सिर्जना तामाङ, प्रनिशा राई, कविता गुरुङ, सरु राई, प्रतिमा कालिकोटे, मनिका राई, गंगाकार्की र जमुना कार्की जिल्लाबाट छनौट भएका छन् भने बैकल्पिक खेलाडीहरुमा ज्योती राई र दिपीका तामाङ छनौट भएका छन् ।

भलिबल

भलिबलको पुरुष पुरुष खेलाडीहरुमा सीताराम बस्नेत, इन्द्र आचार्य, मेहश घिमिरे, गोपाल आचार्य, विनोद श्रेष्ठ, विष्णु श्रेष्ठ, सन्तोष राई, राम बस्नेत, मनिस तामाङ र तीर्थ बस्नेत जिल्लाबाट छनौट भएका छन् भने भलिबलकै बैकल्पिक खेलाडीहरुमा सागर बस्नेत, रमेश बस्नेत र सन्दिप बस्नेत छनौट भएका छन् ।

त्यस्तै भलिबल खेलको महिला खेलाडीहरुमा मुना दियाली, अस्मिता राई, काजल राई, सविना तामाङ, आशिका चेम्जोङ, मेलिना निरौला, सोनु राई, देविका मगर र सृजना राई छनौट भएका छन् भने बैकल्पिक खेलाडीहरुमा मेनुका राई, अंकिता घले, लोचना खतिवडा र सन्ध्या बराईली जिल्लाबाट छनौट भएका छन् ।

भारोत्तोलन

भारोत्तोलन खेलको पुरुष खेलाडीहरुमा गोपाल राई, अभिषेक भुजेल र बलवहादुर माझी छन् भने महिलाहरुमा रोसनी राई, जानुका गड्तौला र सुस्मा राई जिल्लाबाट छनौट भएका छन् ।

टेवलटेनिस

टेबलटेनिसको पुरुष खेलाडीहरुमा समिप चिपालु, जोसेस श्रेष्ठ र संजोक तामाङ छनौट भएका छन् त्यस्तै महिलाहरुमा सारिका राई, दीक्षा अधिकारी र मनिसा लिम्बू छनौट भएका छन् ।

बास्केटबल

बास्केटबलको पुरुष खेलाडीहरुमा गणेशराज सुवेदी, सौभाग्य श्रेष्ठ, शुभराज राजवलट, प्रशान्त श्रेष्ठ, देवराज गुरुङ, आर्जन राई, अनुपम लिम्बू, सजिन लिम्बू, सन्दिप लुइटेल र संकल्प राई जिल्लाबाट छनौट भएका छन् भने महिलाहरुमा आन्छा राई, प्रकृति निरौला, ओशिका खत्री (बैकल्पिक), नमाफुङ लिम्बू, माया राई, दिपा सुनुवार र बृसिका बस्नेत (बैकल्पिक) छनौट भएका छन् ।

जूडो

जुडो खेलको लागि पुरुष खेलाडीहरुमा बसन्त गुरुङ, सुसान्त चापाँगाई, पवन राई, दिपेश भट्टराई र सुमन राई छनौट भएका छन् भने महिलाहरुमा सुस्मिता खवास, छुनु राई, दुर्गा भट्टराई र सविना मगर जिल्लाबाट छनौट भएका छन् ।

कुस्ती

कुस्ति खेलको लागि इलामबाट अविशेक स्याङबो मात्र छन् ।

व्याटमिन्टन

व्याटमिन्टन खेलको लागि पुरुष खेलाडीहरुमा फुतेम्बा शेर्पा, अरुण गुरुङ र अर्जुन बस्नेत छनौट भएका छन् भने महिला खेलाडीहरुमा सुलोचना भक्तराज र जानुका खवास जिल्लाबाट छनौट भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार