चितवन : छोरीलाई जन्मदिए जन्माउने र जन्मिने दुबैले जनही पाँच पाँच हजार रुपैयाँ पाउने नियम इच्छाकामना गाउँपालिकाले गरेको छ ।
इच्छाकामना गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सम्पुर्ण स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकम सहितको बैंक खाता गाउँपालिकाले नै खोलिदिने भएको छ ।
उक्त खातामा बालिकाको खाता खोलिदिने र खोलिएको उक्त खातामा पाँच हजार जम्मा गरी अभिभावकलाई पनि सोही बराबरको रकम दिने निर्णय बनाएको इच्छाकामना गाउँपालिकाकी प्रमुख गीता गुरुङले बताइन् । गुरुङका अनुसार गाउँपालिका भित्र बच्चा जन्माउने चार वटा केन्द्रमा जन्मिएका छोरीका नाममा खाता खोलिदिन लागिएको बताए ।
सो गाउँपालिकामा जनसंख्या २५ हजार १२ रहेको छ । जसमध्ये १३ हजारभन्दा बढी महिला रहेका छन् ।