डा. केसीको बुधबारसम्म माग पूरा नभए १६औं सत्याग्रह सुरु गर्ने

  नयाँ बुलन्द
0 Shares

इलाम : चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनशन बस्दै आएका प्रा. डा. गोविन्द केसीले आफूसँग भएका सहमति पालनाका लागि सरकारलाई बुधबार (भोलि)सम्मको समयसीमा दिएका छन् ।

मंगलबार इलाम आएका डा. केसीले बुधबारसम्म माग पूरा नभए बुधबार बेलुकाबाट १६औं सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिएका छन् ।

पूर्वसहमतिविपरीत संसदीय उपसमितिले चिकित्सा शिक्षा विधेयक तयार गरेकाले समितिले त्यसलाई सुधार गर्नुपर्ने उनको माग छ ।

गत साता पनि अनशनका लागि इलाम आएका केसीले सात दिनको ‘अल्टिमेटम’ दिएर अनशन स्थगित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार