काठमाडौं : निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको उपाधी रवि ओडले जितेका छन् । विक्रम बराललाई पछि पार्दै रवि ओडले नेपाल आइड सिजन-२ को विजेता बनेका छन् । उनले गाडीसँगै २२ लाख नगद हात पारे ।
उनले पोखराका विक्रमलाई पछि पारे । विक्रमले २० लाख रुपैयाँ हात पारेका छन् । यस्तै सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनले १२ लाख बराबरको चेक पाएका छन् ।
त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।
दोस्रो संस्करणको आइडलको फाइनलमा रवि ओड, अस्मिता अधिकारी, सुमित पाठक र विक्राम बराल प्रवेश गरेका थिए । यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको थियो ।