चट्याङको उच्च जोखिम

  नयाँ बुलन्द
0 Shares

बिर्तामोड : देशभर चट्याङको उच्च जोखिमको जिल्लाको रुपमा झापा जिल्ला रहेको विज्ञहरुले बताएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रममा चट्याङविद श्रीराम शर्माले एक तथ्यांक प्रस्तुत गर्दै अन्य जिल्लाको तुलनामा झापा उच्च जोखिममा रहेको देखिएको हो ।

बढी पानी र जमिनको मिलन भएको स्थान चट्याङका लागि जोखिमपूर्ण हुने र बंगालको खाडी झापाबाट नजिकै पर्ने भएकाले पनि झापा जोखिमपूर्ण जिल्ला रहेको चट्याङविद शर्मा बताउँछन् ।

सन् २०१० देखि २०१८ सम्मको तथ्याङ्कलाई हेर्दा पनि नेपालको अन्य जिल्लाको तुलनामा झापामा चट्याङका कारण धेरैले ज्यान गुमाएका छन् भने करोडौंको क्षती भएको बताइएको छ ।

झापामा प्रत्येक वर्ष औषत १५ जनाले चट्याङकै कारण ज्यान गुमाउने गरेको तथ्याङ्कमा उल्लेख छ । देशभर भने प्रत्येक वर्ष १ सय १५ जनाले चट्याङकै कारण ज्यान गुमाउने गरेको तथ्याङ्क विज्ञ शर्माले बताए ।

चट्याङको उच्च जोखिमबाट बच्न स्थानीयबासिन्दा र संघसंस्थाले समयमै सचेतना अपनाउनुपर्ने शर्माको सुझाव छ । प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न वा नियन्त्रण गर्न नसकिने भए पनि सावधानी भने अपनाउन सकिने विज्ञको भनाइ छ ।

घर निर्माण गर्दा अर्थिङ गराउने, सम्भव भएसम्म चट्याङ पर्ने अवस्थामा घरभित्रै बस्नु सुरक्षित हुने उनको सुझाव छ । यसको सचेतना फैलाउन आवस्यक भन्दै पुस १ देखि ३ गतेसम्म एडीपिसीको आयोजनामा झापाका स्थानीय तहमा कार्यरत ईञ्जिनियर, प्राविधिक कर्मचारी र गैरसरकारी निकायका पदाधिकारीलाई तालिम समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार