वार्षिक उत्सवको तयारी पूरा

  नयाँ बुलन्द
0 Shares


रोङ : रोङ गाउँपालिका ६ स्थित सरस्वती माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरी ६२ औं वार्षिक उत्सव मनाउँदैछ । मंगलबारदेखि सुरु हुने वार्षिक उत्सवको सबै तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

तीन दिनसम्म संचालन हुने वार्षिक उत्सवमा कार्यक्रम अन्तरगत मंगलबार खेलकुद, बुधबार अन्तर सदनात्मक साँस्कृतिक कार्यक्रम र विहीबार रोङ गाउँपालिकाको अध्यक्षबाट नव निर्मित भवनको उद्घाटन, रोचक साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र समापन कार्यक्रम गरिने विद्यालयका शिक्षक बिलेती गोइतले जानकारी दिए ।

२०१४ सालमा स्थापना भएर कक्षा १ देखी ५ सम्म संचालित सो विद्यालय ०५१ सालदेखी निम्न माध्यामिक तहका कक्षाहरु संचालन हुँदै ०६५ सालदेखि माध्यामिक तहका कक्षाहरु संचालन हुँदै आएको छ ।

विद्यालयको नाममा करिव ९ रोपनी मात्रै जग्गा दर्ता छ । आधारभूत तहका १० र माध्यामिक तहको १ शिक्षकको मात्र दरबन्दी रहेको सो विद्यालय मा करिब २ सय विद्यार्थी अध्ययनरत छन् ।

अभिभावकहरुको सहयोगमा निजी श्रोतबाट शिक्षकहरु राखेर कक्षा संचालन हुँदै आएको विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार