गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परिक्षण

  नयाँ बुलन्द
0 Shares

इलाम : देउमाई नगरपालिका स्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ ।

पर्यटन ब्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले दिउसो ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नु भएको हो ।

गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई नगरपालिका ४ का वडाध्यक्ष राजेन्द्र वाँस्तोलाले जानकारी दिनुभयो । पर्यटकिय क्षेत्रको प्रवद्र्धन र वढि पर्यटा भित्रियाउने कार्यमा यस अभियानले सार्थकता पाउने उहाँको भनाई छ ।

यस अघि शेर्पाले इलाम र पाचथरका बिभिन्न डाँडाहरुमा समेत सम्भावना उडान गरिसकेको वताउनु भयो ।

साथै देउमाइ नगरपालिकाको गुफाथुम्की र सिद्धिथुमकाबाट प्याराग्लाइडिङको संभाव्यता अध्ययन गरिएको वडाध्यक्ष बास्तोलाले बताउनुभयो । गुफाथुम्कीबाट सफल भएको प्याराग्लाइडिङ अव सिद्धिथुम्काबाट पनि परिक्षण गरिने वताइएको छ ।

प्याराग्लाइडिङले देउमाई नगरपालिकामा अझ पर्यटक भित्रिने भएकाले नगरपालिकाको तर्फबाट ुक्दो सहयोग गरिने देउमाई नगरपालिका मेयर सुर्य पोखरेलले वताउनुभयो । उहाँले पर्यटन ब्यवसायीहरुलाई सृजनसिल र नयाँ ब्यवसायको खोजी गर्न पनि सल्लाह दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार