रोङ : प्रसासनले तिहारमा पटका र कुनै बिस्फोटक पदार्थ बिक्री गर्न र ओसार पसारमा बन्देजमा लगाइएको भएपनि इलामको ग्रामिण क्षेत्र र बजारहरुमा यसको बिक्री बितरण र बिस्पोटनको आवाज हप्ता दिन अघिबाटनै सुनिन थालेको छ ।
इलामको सिमावर्ती क्षेत्रबाट अबैध रुपमा सजिलै भित्रने पटकाहरु ग्रामिण क्षेत्रबाट सहजै बजारमा पुर्याइने गरेको छ । प्रहरीहरुले चेक पोइन्ट र मुख्य नाकाहरुमा कडा निगरानी गर्ने गरेको भएपनि हिउदको समय र खुल्ला सिमानाको कारण यस्ता बस्तुहरु सहजै भित्रने र ग्रामिण क्षेत्रका पसलहरुमा खुल्ला रुपमा बिक्री हुने गरेको कारण केही दिने अघिदेखीनै डङ्गडङ्गको आवाज आउन थालेको हो ।
ठूलो धनरासीको खर्च र अपुरणिय क्षति हुनसक्ने पटका नियन्त्रणको लागी प्रसासनले सिमावती क्षेत्रमा मात्रै हैन ग्रामिण पसलहरुमा पनि कडा निगरानी गर्नु पर्न सर्बसाधारणका भनाइ छ ।