इलाम जिल्लाभरी “लागू अाैषध निषेध तथा मदिरा नियन्त्रण अभियान” सञ्चालन हुने

  अतित याेङहाङ
0 Shares

इलाम : नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय इलामकाे नेतृत्वमा इलाम जिल्लाका ८१ वटै वडाहरुमा “लागू अाैषध निषेध तथा मदिरा नियन्त्रण अभियान” सञ्चालन हुने भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी श्रवन कुमार तिम्सिनाकाे अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय इलाममा बसेकाे वैठकले साे निर्णय गरेकाे हाे । वैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, इलामका स्थानीय तहहरुका प्रशासकिय अधिकृत र जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।

वैठकले ९ सदस्यीय कार्ययाेजना निमार्ण कार्यदल गठन गरेकाे छ । कार्यदलभित्र :
१. मानव अधिकार मञ्च नेपाल इलाम,
२. करुणा फाउण्डेसन इलाम,
३‍. जिल्ला युवा समितिकाे कार्यालय इलाम,
४. भराेषा नेपाल इलाम,
५‍. पत्रकार महास‌ंघ जिल्ला शाखा इलाम,
६. चेतना नाट्य समूह इलाम,
७. हरित नगर महिला समूह इलाम,
८. क्वीन इलाम र
९ इलाम नगरपालिकाकाे कार्यालय इलाम रहेका छन् ।

कार्यदलले प्रारम्भिक चरणमा अभियानकाे लागि लाग्ने खर्च तथा कार्यतालिका सहितकाे प्रस्ताव पत्र निर्माण गरी अर्काे वैठकमा पेश गर्नेछ । अार्थिक व्यवस्थापनकाे लागि सम्बन्धित स्थानिय तहबाट प्रत्येक वडाकाे लागि कम्तिमा १० हजार रुपैयाँका दरले बजेट सिलिङ गराउने प्रस्तावमाथि प्रसासकिय प्रमुखहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । अायाेजक संस्थाहरु मार्फत पनि रकमकाे अपेक्षा गरिएकाे छ ।

प्रारम्भिक चरणमा बसिएकाे वैठकमा प्रमुख जिल्ला अधिकारीले अावश्यकता अनुसार फेरी स्थानिय तहका प्रमुख, विभिन्न सरकारी तथा संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग समन्वयात्मक वैठक बसिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार